5 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्कप लिग-२ अघि अभ्यास खेलमा नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष-११ सँग ३७ रनले पराजित भएको छ । नेपाल-११ ले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पक्ष्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट हुन पुग्यो ।
अमेरिकाका स्टिभ टेलरले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै तिमिल पटेलले २० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अमेरिकाका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । सामान्य लक्ष्यमा पनि नेपालको जित पक्का गर्न स्पिनर शेर मल्ल, सागर ढकाल र पवन सरार्फले उत्कृष्ट बलिङ गरे ।
शेर मल्लले ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सागर ढकालले ८ ओभरमा ३ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ २ र भुवन कार्कीको नाममा १ विकेट रह्यो ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल अध्यक्ष ११ को ३३.५ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । विकेटकिपर सुवास खकुरेल ८९ बलमा ५ चौका सहित ५२ रनमा अविजित रहे ।
पवन सरार्फ ४२ बलमा ४ चौका सहित १९ रनमा आउट हुँदा अन्य ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । ओपनर शरद भेषवाकर ७, सुनिल धमला ५, सन्दीप जोरा ६, लोकेश बम ४, भुवन कार्की २, शेर मल्ल १ रन जोड्दा प्रतिश जिसी, कुशल मल्ल, किशोर महतोले खाता खोल्न सकेनन् ।
अमेरिकाका स्पिनर तिमिल पटेलले ६.५ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ५ विकेट लिए । करिमा गोर र एल्मोर हचिनसनले २ विकेट लिए । नेपालले पहिलो खेल बुधबार ओमानसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्ने छ । नेपालले ओमानसँग माघ २६ र अमेरिकासँग माघ २९ मा प्रतिस्पर्धा गर्ने छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]