5 years ago
February 4, 2020
एजेन्सी – न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ ।
टोलीका प्रमुख ब्याट्सम्यान तथा ओपनर रोहित शर्माले न्युजिल्यान्डको बाँकी भ्रमण गुमाउने भएका छन् । खट्टाको पेडुलामा समस्या आएपछि उनले तीन ओडीआई र दुई टेष्ट सिरिजबाट बाहिरिएका हुन् । रोहित आईतबार न्युजिल्यान्डसँगको पाँचौ टि ट्वान्टी खेलमा ४१ बलमा ३ चौका र ३ छक्का सहित ६० रनमा खुट्टाको पेडुलामा समस्या आएपछि रिटायर्ट हर्ट भएका थिए ।
उक्त खेलमा विराट कोहलीलाई विश्राम दिदै रोहितले कप्तानी गरेका थिए । तर दोस्रो इनिङमा उनी मैदान नआएर लोकेश राहुलले कप्तानी गरेका थिए । भारतलाई पाँच टि ट्वान्टी सिरिज ५-० ले जिताउन रोहितले उत्कृष्ट प्रर्दशन गरेका थिए । पहिलो ओडीआई माघ २२, दोस्रो २५ र अन्तिम २८ मा हुने छ ।
न्युजिल्यान्ड र भारतबीच दुई टेष्ट हुने छ । पहिलो टेष्ट फागुन ९ देखी १३ सम्म तथा दोस्रो टेष्ट फागुन १७ देखी २१ सम्म हुने छ । प्राय खेलमा शीर्ष तीन ब्याट्सम्यानमा निर्भर देखिने भारतीय टोलीलाई रोहित नहुँदा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ । रोहितको स्थानमा अव भारतीय क्रिकेट कन्टोल बोर्ड (बिसिसिआई) ले मयंक अग्रवाल वा शुभमन गिललाई मौका दिन सक्ने संभावना छ ।
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]