default_image

5 years ago

February 3, 2020

भरतपुरको जित, सौराहा फेरि पराजित

89 views

0 Bookmark

विनोद बाबु रिजाल,भरतपुर

नारायणगढको क्याम्पाचौरमा जारी पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिगमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजले फराकिलो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा भरतपुरले माडीलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

भरतपुरले दिएको १ सय ६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको माडी १४ ओभर २ बलमा मात्र ४८ रनमा अल आउट भयो ।
६ रनमा पहिलो र ६ रनमै दोस्रो विकेट गुमाएर खराब सुरुवात गरेको माडीको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । माडीका ५ जना ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किए ।

राम कृष्ण कार्कीले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् । माडीको इनिङ ध्वस्त बनाउन भरतपुरका कृजन गुरुङ एक्लैले ५ विकेट लिए । कसिलो बलिङ गरेका कृजनले ४ ओभरमा जम्मा ११ रन मात्र दिए । यस्तै चन्दन ठाकुरले २ तथा कप्तान संघर्ष पौडेल र प्रतिश जिसीले समान १–१ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको भरतपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । भरतपुरको पनि सुरुआत भने राम्रो थिएन । स्कोर बोर्डमा ६ रन हुँदा भरतपुरले सनम बुढाथोकीलाई शून्यमै गुमाएको थियो । तर, दोस्रो नम्बरमा ब्याटिङमा आएका सप्निल अधिकारी र रोबिन शर्माले इनिङ उकासे ।

आक्रमक ब्याटिङ गरेका सप्निलले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धसतकिय पारी खेले ।यस्तै ओपनर रोबिनले १८ बलमा २० रन बनाए । कप्तान संघर्ष पौडेल १७ रनमा आउट भए भने बिकल कुमार गुप्ताले नट आउट १५ रन बनाए । खेलको म्यान अफ दि म्याच ५ विकेट लिएका भरतपुरका कृजन गुरुङ घोषित भए ।

सोमबारै सम्पन्न पहिलो खेलमा राप्ती ¥यापिड्सले सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले लगातार दोस्रो जीत हात पारेको छ । राप्तीले सौराहालाई ७ विकेटले पराजित ग¥यो । सौराहाले दिएको १ सय ११ रनको सामान्य लक्ष्य राप्तीले १६.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा ग¥यो ।

राप्तीको जितमा हरिबहादुर चौहानले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए ।
उनलाई कमल थापाले ३८ रन बनाएर साथ दिए । थापाले ३२ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै लक्की सापकोटाले १४ रन बनाए भने कप्तान आकाश थापा १ रनमा आउट भए । सौराहाका आकाश चन्द, अनुज चनरा र सुवर्ण भट्टले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले खराब सुरुआत गरेको थियो । सौराहाले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १
सय १० रन मात्र बनाएको थियो । स्कोर बोर्डमा खाता नै नखोल्दा सौराहाका ओपनर रित गौतम शुन्यमै पेभिलियन फर्किए । दोस्रो विकेटका लागि राजेश ढकाल र प्रशान्त महतले २३ रनको साझेदारी गरे । प्रशान्त २१ तथा राजेश ७ रनमा आउट भए । कप्तान सन्तोष न्यौपानेले अभिजित ३५ रन बनाए । उनले ५३ बलमा ४ चौका प्रहार गरे ।

अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन ।राप्तीका राम नरेश गिरी र कमल थापाले समान २–२ विकेट लिए । गिरीले ४ ओभरमा २१ रन खर्चिए भने थापाले ३ ओभरमा २३ रन दिए । खेलको म्यान अफ दी म्याच राप्तीका लागि ५४ रनको अर्धसतकिय पारी खेलेका हरि बहादुर चौहन घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९ बजे भरतपुर गुर्खाज र सौराहा स्याण्ड्स तथा दिउँसो १ बजे हुने दोस्रो खेलमा इच्छाकामना वारियर्स र राप्ती ¥यापिड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधारीले जानकारी दिए ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.