5 years ago
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालको ४ महिनादेखिको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खातामा रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पटवालको ४ महिनाको पारिश्रमिक एकमुष्ट रुपमा राखेपको खातामा पठाएको छ । तर, चर्को कर लाग्ने भएपछि पटवालले अहिले सम्म पारिश्रमिक नबुझेको अनुमान गरिएको छ । आइसिसीले पहिलो पटक पटवालको पारिश्रमिक राखेपमा पठाएको हो ।
प्रति महिना ७ हजार अमेरिकी डलरका दरले ४ महिनाको २८ हजार अमेरिकी डलर खातामा पठाएको छ । पटवालले राखेपमार्फत पारिश्रमिक लिँदा चर्को कर लाग्ने भएको छ । पटवालले एकमुष्ट पारिश्रमिक लिँदा झन्डै ११ लाख रुपैयाँ कर तिर्नुपर्ने देखिएको छ ।
नेपालको कर प्रणाली अनुसार पहिलो ४ लाख रुपैयाँमा कर नलाग्ने व्यवस्था छ । त्यस्तै त्यसपछिको ५ लाखमा १५ प्रतिशत, त्यसपछिको ५ लाखमा २५ प्रतिशत र त्यसभन्दा माथि ३६ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । राखेपको खातामा झन्डै ३ साता अघि नै पटवालको पारिश्रमिक पठाएको श्रोतले बतायो ।
यसबीचमा पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । यसै साता सुरु अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज पछि लागु हुने गरि पटवालले राजिनामा दिएको श्रोतले जनाएको छ ।
आइसिसीले पटवाललाई गत वर्ष राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता अवधि एक वर्ष भएपछि उनले अगाडि नै राजीनामा दिएका छन् । श्रोतका अनुसार पटवालले दुई साता अघि नै आइसिसीलाई राजिनामा दिएको बुझिएको छ । पटवालको पारिश्रमिक राखेपले उपलब्ध गराउँदै आएको छ । तर, पछिल्लो ५ महिनादेखि भने उनले पारिश्रमिक नपाएको श्रोतले बतायो ।
उनको प्रशिक्षणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन भने गर्न सकेको छैन । सिंगापुरमा टि ट्वान्टी विश्वकप छनोटको क्षेत्रिय छनोटबाटै बाहिरिदै नेपालले लज्जास्पदक प्रदर्शन गरेको थियो । त्यस्तै ओमानमा भएको पाँच राष्ट्र सम्मिलित सिरिजमा पनि नेपालको प्रदर्शन बिर्सन लायक थियो । दुई महिना अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीले कास्य पदक जितेको थियो ।
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]