5 years ago
February 3, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियतामा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खस्कँदा तीब्र गतिका बलर करण केसीले सुधार गरेका छन् ।
आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियतामा पारस ब्याटिङतर्फ खस्किएर ६२ औं स्थानमा पुगेका छन् । बलिङतर्फ सन्दीप पनि खस्किदै ८५ औं स्थानमा पुगेका छन् ।
बलिङतर्फ तीब्र गतिका बलर सोमपाल कामी, करण केसी, अभिनास बोहरा र स्पिनर वसन्त रेग्मी शीर्ष एक सय भित्र छैनन् । अलराउन्डरतर्फ करणले सुधार गरेका छन् । नयाँ वरियतामा अलराउन्डरतर्फ करण ७५ स्थानमा उक्लिएका छन् । सोमपाल ६५ र पारस खड्का २७ औं स्थानमा छन् ।
यता भारतीय ओपनर लोकेश राहुलले आफ्नो करियरकै उत्कृष्ट वरियतामा आएका छन् । राहुलले ४ स्थान फड्को मार्दै दोस्रो स्थानमा उक्लिएका छन् । पहिलो स्थानमा पाकिस्तानका कप्तान बाबर आजम यथावत छन् । भारतीय ओपनर रोहित शर्माले ३ स्थान सुधार गर्दै शीर्ष दशमा उक्लिएका छन् । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले एकै पटक ७ स्थान सुधार गर्दै १६ औं स्थानमा रहेका छन् । न्युजिल्यान्डकै विकेटकिपर टिम सेफर्टले एकै पटक ४३ स्थान फड्को मार्दै ३४ औं स्थानमा उक्लिएका छन् ।
बलिङ तर्फ अफगानिस्तानका स्पिनर राशिद खानै शीर्ष स्थानमा यथावत छन् । भारतीय तीब्र गतिका बलर जस्प्रित बुमराहले एकै पटक २६ स्थान फड्को मार्दै ११ औं स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीनै शीर्ष स्थानमा छन् । टि ट्वान्टी नयाँ वरियतामा नेपाल १२ औं स्थानमा यथावत छ ।
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]