default_image

5 years ago

February 3, 2020

‘नेपाली युवा खेलाडीलाई ज्ञान बाँड्न उत्सुक छु’ – थरंगा

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्वकप्तान तथा विकेटकिपर उपुल थरंगाले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आफुमा भएको क्रिकेट ज्ञान नेपाली युवा क्रिकेटरलाई बाँड्न तयार रहेको बताएका छन् ।

ज्ञानेन्द्र मल्ल कप्तान रहेको साविक विजेता ललितपुर प्याट्रीयट्समा अनुबन्ध भएपछि थरंगाले यस्तो बताएका हुन् । ‘२०२० इपिएलमा ललितपुर परिवारको एक सदस्य हुन पाएकोमा गौरव महसुस गरेको छु । बढ्दो क्रिकेट संस्कृतिको हिस्सा हुन पाउँदा खुसी छु र आगामी वर्षहरूमा पनि सामेल हुन चाहन्छु’, उनले भने, ‘ त्यसभन्दा बढी नेपालको सुन्दरता हेर्न आतुर छु । नेपाली युवा पुस्तालाई मेरो क्रिकेट ज्ञान बाँड्नेछु ।’

थरंगासँग ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टीको अनुभव छ । ललितपुरमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रसँगै ललित नारायण राजवंशी, पवन सरार्फ, राशिद खान, सन्दीप जोरा, सूर्य तामाङ, शंकर राना लगातका युवा खेलाडी छन् । ललितपुर प्रतियोगिताको साविक विजेता पनि हो ।

आगामी संस्करणको इपिएलमा ठूला नाम गरेका खेलाडी आउने क्रम जारी छ । हालसम्म वेस्ट इन्डिजका ओपनर क्रिस गेल, वेस्ट इन्डिजकै अलराउन्डर ड्वेन स्मिथ, आयरल्यान्डका केभीन ओ ब्रायन, अफगानिस्तानका ओपनर मोहम्मद शाहजादले इपिएल खेल्ने पक्का भएको छ । दक्षिण अफ्रीकाका ब्याट्सम्यान हसीम अमला, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, इंग्ल्यान्डका तीब्र गतिका बलर लियाम प्लान्केट, श्रीलंकाका जीवन मेन्डिस लगातका ठूला नाम गरेका खेलाडीको पनि संभावना बलियो छ ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.