default_image

5 years ago

February 2, 2020

राप्ती र इच्छाकामना विजयी

79 views

0 Bookmark

चितवन(हाम्रो खेलकुद)-  सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा राप्ती ¥यापिडस र इच्छाकामना वारीयर्स विजयी भएका छन् ।

नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती ¥यापिडसले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

राप्तीका लागि भिम सार्कीले २६ बलमा ४९ रन, हरिबहादुर चौहानले ३५ बलमा ४३ रन बनाए । भरतपुरका लागि संघर्ष पौडेलले ३ र प्रतिस जिसिले २ विकेट लिए ।

१७३ रनको लक्ष्य पक्षाएको भरतपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो । भरतपुरका लागि प्रतिक जिसीले ३९ रन, सनद बुढाथोकिले २१ रन लिए । राप्तीका लागि कप्तान आकाश थापाले ३ विकेट र रोमन गिरीले २ विकेट लिन सफल भए । प्रतियोगिताको म्यान अफ दि म्याच राप्तीका आकाश थापा भए ।

यस्तै आजै सम्पन्न पहिलो खेलमा इच्छाकामना वारीयर्सले माडी टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर इच्छाकामनाले फिल्ड रोजेपछि व्याटिङमा उत्रिएको माडी टाइगर्स २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो ।

माडीका लागि सुरज चापागाँईले ४३ रन, कृष्ण कार्कीले १४ रन जोड्न सफल भए । माडीका सुरज लामाले २ विकेट लिए । १ सय रनको लक्ष्य पक्षाएको इच्छाकामनाका लागि लोकेश बमले २०, खिम मल्लले २४ र अमरसिंह रौटेलाले २३ रन बनाए । माडीका लागि राजकुमार शाहाले ३ विकेट लिए । प्रतियोगितामा इच्छाकामनाका दिपेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

इच्छाकामना दीपेश श्रेष्ठ तथा माडी किशोर महत्तोको कप्तानीमा मैदानमा उत्रिएको हो भने राप्ती आकाश थापा तथा भरतपुर संघर्ष पौडेलको कप्तानीमा मैदानमा उत्रिएको हो ।

प्रतियोगिता अन्तर्गत भोली पनि दुई खेल हुने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।

२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.