5 years ago
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् ।
सन्दीपले आइतबार सामजिक सञ्जाल मार्फत आफुले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको उक्त रंगशालालाई हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँका दरले सहयोग गर्ने छन् । सन्दीपले बुधबार देखी अमेरिका र ओमानसँग हुने एक दिवसिय त्रिकोणात्मक सिरिजमा आफुले लिने १ विकेट वापत ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपाली क्रिकेटको भविष्यको लागि पहिलो पटक सहयोग गर्न लागेको छु, आईसीसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँगको खेलमा लिने प्रत्येक विकेट वापत ८ हजार ८ सय ४८ रुपैंयाँ गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने घोषणा गर्दछु, सन्दीपले भनेका छन् । नेपाली क्रिकेटलाई समर्थन गर्न र धेरै विकेट लिनको लागि शुभकामना दिन उनले भनेका छन् ।
सन्दीप माघ २२ देखि २९ गते सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल आएका थिए ।
बिग ब्यासको लिग चरणको १४ खेल मध्य सन्दीपले १३ खेल खेलेका थिए । सन्दीपले सामान्य चोटका कारण एक खेलमा विश्राम गर्नु परेको थियो । सन्दीपले १३ खेलमा ४५ ओभर बलिङ गर्दै ३ सय ३५ रन खर्चेर १५ विकेट लिएका थिए ।
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]