default_image

5 years ago

February 2, 2020

न्युजिल्यान्डविरुद्ध भारतको क्लिनस्विप

158 views

0 Bookmark

एजेन्सी – तीब्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज पाहुना टोली भारतले क्लिनस्वीप गरेको छ ।

आइतबार पाँचौ तथा अन्तिम खेलमा ७ रनले विजयी हुँदै भारतले सिरिज ५-० ले जितेको हो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डलाई चौथो विकेट लागि टिम सेफर्ट र रस टेलरले ९९ रनको साझेदारी गर्दै जितको आशा दिलाएपनि पुन एक पटक फिनिसिङमा चुक्दा पराजित हुन पुगेको हो ।

१३ औं ओभरको चौथो बलमा नवदीप सैनीले सञ्जु स्यामसनबाट सेफर्टलाई ५० रनका क्याच गराउँदै भारतलाई खेलमा फर्काएका थिए । सेफर्ट आउट भएसँगै न्युजिल्यान्डको विकेट निरन्तर पतन हुन पुग्यो । सेफर्टले ३० बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

टेलरले ४७ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा आउट भए । ओपनर मार्टिन गुप्टिल २ र कोलिन मुनरो १५ रनमा आउट भएका थिए । दशौं ओभरमा मध्य गतिका बलर शिवम दुबेले ४ छक्का र २ चौका सहित कुल ३४ रन खर्चिन पुगेका थिए । ईश सोधी १० बलमा २ छक्का सहित १६ रनमा अविजित रहे ।

जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अर्का युवा तीब्र गतिका बलर नवदीप सैनीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले २ र वासिन्टन सुन्दरले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । नियमित कप्तान विराट कोहलीलाई भारतले आजको खेलमा विश्राम दिएको छ ।

रोहित शर्मा ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६० रनमा रिटायर्ट हर्ट भएका थिए । खुट्टामा केहि समस्या देखिएपछि रोहितले १७ औं ओभरको पाँचौ बलमा मैदान छोडेर पेभेलिएन फर्केका थिए ।

ओपनर सञ्जु स्यामसनलाई २ रनमा गुमाएको भारतलाई रोहित र लोकेश राहुलले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १२ औं ओभरको तेस्रो बलमा हशिम बेनेटले मिचेल सान्टनरबाट क्याच गराउनु अघि राहुलले ३३ बलमा ४ चौका र २ छक्का सहित ४५ रन जोडे ।

युवा ब्याट्सम्यान श्रेयस ऐर ३१ बलमा १ चौका र २ छक्का सहित ३३ रनमा अविजित रहे । शिवम दुबे ५ रनमा आउट हुँदा मनिष पाण्डे ४ खेलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । न्युजिल्यान्डका स्कर्ट कुग्गेलेइजनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । हशिम बेनेटको नाममा १ विकेट रह्यो ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । तेस्रो र चौथो दुबै खेलमा भारत सुपर ओभरमा विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच थप तीन ओडीआई र दुई टेष्ट सिरिज हुने छ । पहिलो ओडीआई माघ २२, दोस्रो २५ र अन्तिम २८ मा हुने छ ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.