5 years ago
February 2, 2020
चितवन (हाम्रो खेलकुद)– चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा धन धान्याचल महोत्सव आइतबार सुरु हुँदैछ । रंगशाला निर्माणका लागि महोत्सवमा महायज्ञ गरिदैछ । पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत महापुराण वाचन गर्ने छन् ।
माघ २६ गते सम्म चल्ने महोत्सवको उद्घाटनका लागि कीर्तिमानी धावक वैकुण्ठ मानन्धर देखि युवा खेलाडी प्रिन्स दाहाललगायत २० भन्दा बढी खेलाडी चितवन आइपुगेका छन् । चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र खेलाडीले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरिने बताइएको छ ।
त्यसअघि बिहान झाँकीसहितको वृहत शोभायात्रा निकालिने पनि बताइएको छ । बिहान ११ बजे मंगलपुर बजारबाट शुरु हुने शोभा यात्रा गाविस चोक हुँदै रंगशाला पुग्ने आयोजकले जनाएका छन् । महोत्सवबाट ५० करोड संकलनको अपेक्षा गरिएको बताइएको छ । धुर्मस सुन्तली फाउन्डेसन र भरतपुर महनगरपालिकाको संयुक्त पहलमा झन्डै ३ अर्बको लागतमा २ बर्ष निर्माण सम्पन्न गर्ने योजना रहेको रंगशाला ३० हजार दर्शक क्षमताको रहने बताइएको छ ।
महोत्सवमा सहभागी हुन ओलम्पियन दीपक विष्टको नेतृत्वमा वैकुण्ठ मानन्धर, ओलम्प्यिन संगिना वैद्य, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, टेबल टेनिसकी पूर्व खेलाडी एवंम् प्रशिक्षक सन्ध्या शाक्य, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल अधिकारी, एसियाली खेलकुदका पदक विजेता दीपक महर्जन, साग पदक विजेता कान्छीमाया कोजु छन् ।
त्यस्तै सागका पदक विजेता उसुका आङबाबु लामा, महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री, सागकी स्वर्ण पदक विजेता उसुकी निमा घर्तीमगर, करातोकी कुसुम खड्का, क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्का, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेट खेलाडी अप्सी बेगम, बास्केटबल कप्तान सदिश प्रधान, पौडीकी टिसा शाक्य, यू १९ क्रिकेट टोलीका कप्तान रित गौतम र राष्ट्रिय भलिबल खेलाडी कुलबहादुर थापा महोत्सवमा सहभागी हुने छन् । अधिकांश खेलाडी शनिबार नै चितवन आइसकेका छन् ।
यसैबीच, गल्छि गाँउपालिकाले रंगशाला निर्माणका लागि शनिबार एक सय ट्रीपर बालुवा सहयोग गरेको छ ।
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]