default_image

5 years ago

February 1, 2020

भारतीय क्रिकेट टोलीलाई आईसीसीको कारबाही

128 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीलाई कारबाही गरेको छ । शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण भरतीय क्रिकेट टोलीलाई खेलको ४० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

भारतले निर्धारित समय भन्दा २ ओभर ढिला गरेको म्याच रेफ्री क्रिस ब्रोडले बताएका छन् । कप्तान विराट कोहलीले कारवाही स्विकार गरेका छन् । आईसीसीको आचार सहिता २.२२ अनुसार एक ओभर ढिला भए २० प्रतिशत जरिवना लाग्ने गर्दछ । त्यसै अनुसार भारतीय टोलीलाई ४० प्रतिशत जरिवना लागेको हो ।

तेस्रो खेलमा भारत सुपर ओभरमा विजयी भएको थियो । भारतले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । न्युुजिल्यान्डले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा शार्दुल ठाकुरले ६ रन दिएर ४ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा पनि भारतले सुपर ओभरमैे जित पक्का गरेको थियो । न्युजिल्यान्डका ब्याट्सम्यानले फिनिसिङ गर्न नसक्दा तेस्रो र चौथो खेलमा जित नजिक पुगरेर सुपर ओभरमा पराजित हुनु परेको थियो । पहिलो खेलमा भने भारतले २ सय ४ रनको लक्ष्य ४ विकेट गुमाउँदै एक ओभर पहिलानै पुरा गरेको थियो ।

पाँच खेलको टि ट्वान्टी सिरिजमा भारतले ४-० ले जितिसकेको छ । आईतबार हुने पाँचौ तथा अन्तिम खेलमा भारत क्विलस्वीप गर्ने दाउमा छ । भारत र न्युजिल्यान्डबीच थप तीन खेलको ओडीआई सिरिज पनि हुने छ । पहिलो ओडीआई माघ २२, दोस्रो २५ र अन्तिम २८ मा हुने छ । न्युजिल्यान्ड र भारतबीच थप दुई टेष्ट पनि हुने छ ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.