default_image

5 years ago

February 1, 2020

रंगशालालाई एनसिएसएस चितवनको २ लाख हस्तान्तरण

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) चितवनले तेस्रो चरणमा २ लाख १६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

एनसिएसएस चितवनले रत्न नगरमहोत्समा संकलन भएको २ लाख १६ हजार २ सय ९५ रुपैयाँ शनिवार फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई बुझाएका हुन् । यस अघि एनसिएसएस चितवनले पहिलो चरणमा २ लाख र दोस्रो चरणमा गरि कुल १ लाख ५० हजार बुझाएको थियो । तेस्रो चरणमा गरि कुल पाँच लाख भन्दा फाउण्डेसनलाई हस्तान्तरण गरि सकेको एनसिएसएस चितवनले जनाएको छ । एनसिएसएस चितवनले रंगशाला निर्माण कार्य नसकिन सम्म फाउण्डेसनलाई सहयोग गरि राख्ने जनाएको छ ।

त्यस्तै आजनै गल्छी गाँउपालिकाले एक सय टिपर बालुवा सहयोग गरेको थियो । शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गरेको थियो । जनस्तरबाट निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला समयमै आर्थिक स्रोत जुट्न सके २ वर्षपछि सञ्जालमा आउने छ । सहयोग निरन्तर रुपमा जुटि रहेको छ । उक्त रंगशाला निमार्णको लागि करिव ३ अर्व लाग्ने अनुमान गरिएको छ ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.