default_image

5 years ago

February 1, 2020

नेपाललाई घातक बन्न सक्ने ओमानका पाँच खेलाडी

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुर क्रिकेट मैदानमा यसै सातादेखि त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । तीनै टोलीले आ-आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । नेपालले पहिलो खेल ओमानसँग माघ २२ मा खेल्नेछ ।

ओमानले नेपाल र अमेरिका दुबैलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने सोचमा छ । अमेरिका शीर्ष स्थानमा यथावत रहन दुवै खेल जित्ने रणनिती सहित नेपाल आउने छ । नेपाल पनि घरेलु मैदानबाट उत्कृष्ट सुरुवात चाहन्छ । नेपाललाई घरेलु मैदान र समर्थकको फाइदा पुग्ने छ ।

सन् २०१८ को डिभिजन २ मा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो । गत वर्ष मलेसियामा भएको एसिया कप क्वालिफायरमा ओमानले नेपाललाई ७ विकेटले हराएको थियो । नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य ओमानले ३ विकेट गुमाउँदै १२ बल अगाडी पुरा गरेको थियो । गत अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी खेलमा ओमानसँग नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले पराजित हुन पुगेको थियो । नेपाल यसपटक घरेलु मैदानमा ओमानमाथि जित निकाल्न चाहान्छ । तर बलियो ओमानलाई हराउन नेपाललाई पक्कै सहज हुने छैन । ओमानका यी प्रमुख पाँच खेलाडी जो नेपाललाई घातक बन्न सक्छन् ।

५.जतिन्दर सिंह (ब्याट्सम्यान)

भारतीय मुलका ओपनर जतिन्दर सिंह ओमानका शीर्षक्रमका ब्याट्सम्यान हुन् । उनले ओमानबाट ७ ओडीआई, २५ एक दिवसिय र २६ लिष्ट ए खेलेका छन् । ७ ओडीआईमा १ सय ४२ रन जोडेका छन् । पछिल्लो सयम उनी राम्रो लयमा छन् । गत नोभेम्बरमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा श्रीलंकाविरुद्ध १ सय ३१ रनको शतकीय अविजित इनिङ खेल्दै जित पक्का गरेका थिए ।

इमर्जिङ कपमै अफगानिस्तानविरुद्ध ७२ र विश्वकप लिग-२ अन्तर्गत सिंहले जनवरी पहिलो साता यूएईविरुद्ध ६२ रन प्रहार गरेका थिए । गतवर्ष एसिया कप क्वालिफायरमा नेपालविरुद्ध राम्रो सुरुवात गर्दै ३० रन आउट हुन पुगेका थिए । राम्रो लयमा रहेका उनी नेपाली खेलाडीलाई टाउको दुखाईमा ब्याट्सम्यान बन्न सक्छन् ।

४. जीशान मकसूद (कप्तान तथा अलराउन्डर)

पाकिस्तानी मुलका अनुभवी बायाँ हाते अलराउन्डर तथा कप्तान जीशान मकसूदले ब्याट र बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै टोलीको जित सहज बनाउन सक्छन् । टियु क्रिकेट मैदान स्पिनर उपयोगि मानिन्छ । रणनितीक हिसाबमा पनि बायाँ हाते खेलाडी केहि हाबी हुने गर्दछन् । उनले टियुको स्लो पिचमा नेपालको मध्यक्रम धरासय बनाउन सक्छन् । लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका उनी ओमानबाट ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ७ ओडीआई, २९ टि ट्वान्टी आई र १९ लिष्ट ए खेलेका छन् ।

ओडीआईमा १३ विकेट लिएका छन् । विश्वकप लिग-२ मा जनवरी पहिलो साता यूएईविरुद्ध उनले मात्र ६.१ ओभरमा २ मेडन सहित १५ रन खर्चेर ४ विकेट लिएका थिए । उनले गत वर्ष एसिया कपमा नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्न तल्लोक्रममा महत्वपूर्ण प्रर्दशन गरेका थिए । उक्त खेलमा उनले ३६ बलमा ३ चौका र ३ छक्का सहित ४५ रनमा अविजित रहेका थिए ।

३. बिलाल खान (बलर)

पाकिस्तानी मुलकै बायाँ हाते तीब्र गतिका बलर विलाल खान ओमानका प्रमुख बलिङ हतियार हुन् । विलाल खानले ओमानबाट ६ ओडीआई, ३२ टि ट्वान्टी आई र २० लिष्ट ए खेलेका छन् । ओडीआईमा ११ र लिष्ट ए मा ३९ विकेट लिएका छन् । खान पछिल्लो समय उत्कृष्ट लयमा छन् ।

विलालले पछिल्लो पाँच अन्तर्राष्टिय खेलमा १७ विकेट लिएका छन् । विलाल खानले सन् २०१८ को डिभिजन टु मा नेपालविरुद्ध ९ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिएका थिए । विलालले नेपाली ब्याट्सम्यानमाथि दबाब राख्छन् ।

२. अकीब इलियास (ब्याट्सम्यान)

पाकिस्तानी मुलकै २७ वर्षिय अकीब ओमानका प्रमुख ब्याट्सम्यान हुन् । अकीबले ओमानबाट ७ ओडीआई २२ टि ट्वान्टी आई र २० लिष्ट ए खेलेका छन् । ३ अर्ध शतक सहित कुल ३ सय १९ रन बनाएका छन् । उच्च प्रर्दशन ८० रन अविजित छ । ओडीआईमा उनी ओमानका सर्वाधिक रन बनाउने खेलाडी हुन् । लिष्ट ए मा ६ सय १७ र टि ट्वान्टीमा ४ सय ८ रन बनाएका छन् ।

उनले शीर्षक्रममा ब्याटिङमात्र होइन पार्ट टाईम बलिङ समेत गर्दछन् । ओडीआईमा ६ र लिष्ट एमा ८ विकेट लिएका छन् । २०१८ को डिभिजन २ मा नेपाललाई ६ विकेटले हराउन उनले ४६ रनको इनिङ महत्वपूर्ण इनिङ खेलेका थिए । उत्कृष्ट लयमा रहेका अकीबलाई सुरुमै पेभेलिएनको बाटो देखाउन सके ओमानलाई ठूलो योगफल बनाउन कठिन पर्ने छ ।

१. खवर अली (अलराउन्डर)

पाकिस्तानी मुलकै अलराउन्डर खवर अली ओमानका प्रमुख हतियार हुन् । अलीले आफ्नो अलराउन्डर प्रर्दशनमा टोलीको जित सहज बनाउने गर्दछन् । ओपनिङ ब्याटिङ गर्ने अली लेग स्पिनर हुन् । अनुभवी ३४ वर्षिय अलीसँग ७ ओडीआई, २९ टि ट्वान्टी आई र २४ लिष्ट ए को अनुभव छ । अली ओडीआईमा ओमानबाट सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीमा शीर्ष दुईमा छन् ।

उनले ७ ओडीआईमा १ सय ५८ रन बनाउनुको साथै ११ विकेट लिएका छन् । लिष्ट ए मा ५ सय ४ रन बनाउनुको साथै २८ विकेट लिएका उनी दबाबमा पनि राम्रो प्रर्दशन गर्न सक्ने खेलाडी हुन् । एसिया कप क्वालिफायरमा नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य सहजै पुरा गर्नेक्रममा अलीले ९६ बलमा ६ चौका र ४ छक्का सहित ८४ रनमा अविजित रहँदै ‘म्यान अफ द म्याच’ चुनिएका थिए । अर्कोतर्फ उनी लेग स्पिनर बलर हुन् । टियुको स्लो पिचको फाइदा उठाउन सक्छन् ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.