default_image

5 years ago

January 31, 2020

सिपिएलमा भरतपुरको विजयी सुरुवात

54 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) मा भरतपुर गुर्खाजले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा भरतपुरले इच्छाकामना वारियर्सलाई सुपर ओभरमा पराजित गर्यो ।

प्रतियोगितामा शनिबार हुने एकमात्र खेलमा माडी टाइगर्स र सौराहा स्याण्ड्सबीच प्रतिस्पर्धा हुने आयोजक नारायणी एड्भर्टाइजिङका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । माघ २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता छ ।

प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (यू १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । चितवन क्रिकेट संघ सह आयोजक रहेको यस किसिमको लिग चितवनमै पहिलो पटक आयोजना भएको हो ।

त्यसअघि नारायणगढको क्याम्पा चौरमा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरे । सिलवालले चितवनलाई खेलकुदको केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए । चितवन राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदको केन्द्र बन्नु पर्छ, उनले भने, ‘यहाँ खेलकुदलाई माया गर्ने व्यक्तिहरु हुनुहुन्छ । खेलकुदलाई माया गर्ने व्यक्तिहरुले विभिन्न संघ संस्थाको नेतृत्व गरिरहनु भएको छ । त्यसैले कुनै समस्या नै छैन ।’

उनले सिपिएलले चितवनको क्रिकेट विकासमा सहयोग पुग्नेमा आफु ढुक्क रहेको बताए । चितवन सन्दीप लामिछाने जस्तो राष्ट्रले गौरभ गर्ने खेलाडी उत्पादन गरेको जिल्ला भएको भन्दै सीपीएलले आगामी दिनमा अझै धेरै सन्दीप जस्तो खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

यस्तै उनले आगामी दिनमा यसलाई प्रदेश हुँदै राष्ट्रिय स्तरकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सुझाव दिए । ‘यसपाली तपाईहरुले सुरुवात गर्नु भएको छ उनले भने, ‘आगामी दिनमा यसलाई क्रमशस् प्रदेश हुँदै राष्ट्रिय स्तरमा लैजानुस् ।’ यस्तै उनले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.