default_image

5 years ago

January 31, 2020

सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने

80 views

0 Bookmark

एजेन्सी – पाकिस्तान दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको अन्तिम क्वाटरफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पाकिस्तानले ४१.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद हुरैराले ७६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए । ओपनर हैदर अली २८, कप्तान तथा विकेटकिपर रोहेल नाजिर २२ र फहद मुनीर २ रनमा आउट भए । कासिम अकरम २५ र मोहम्मद हरिस २९ रनमा अविजित रहे । अफगानिस्तानका नुर अहमदले २ विकेट लिए ।

त्यअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तान ४९.१ ओभरमा अल आउट हुँदै १ सय ८९ रनमा समेटिएको थियो । कप्तान फरहान जाखिलले ५५ बलमा ७ चौका सहित सर्वाधिक ४० रनको योगदान दिए । अब्दुल रहमान ३०, नुर अहमद ११, अबिद मोहम्मद २८ र रहमानुल्लाह २९ रनमा आउट भए । पाकिस्तानका मोहम्मद आमिर खानले ३ र फहद मुनीरले २ विकेट लिए ।

पहिलो सेमिफाइनलमा मंगलबार भारत र पाकिस्तान भिड्ने छन् । दोस्रो सेमिफाइनलमा विहीबार बंगलादेश र न्युजिल्यान्ड भिड्ने छन् । फाइनल माघ २६ मा हुने छ ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.