5 years ago
January 31, 2020
काठमाडौं (हाम्रो खेलकुद) – फागुन तेस्रो साता देखी थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ ।
शुक्रबार घोषणा भएको १८ सदस्य टोलीमा शेर मल्ल पहिलो पटक टोलीमा परेका छन् । त्यस्तै स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् । शेरले पछिल्लो समय उमेर र घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका छन् । शेर स्पिनर अलराउन्डर हुन् ।
मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा शेर मल्लले सुदूरपश्चिम प्रदेशलाई सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका थिए । एमएम कपमा शेरले ३ खेलमा १० विकेट लिए । जसक्रममा पहिलो खेलमा मलेसिया-११ लाई ४९ रनमा अलआउट गर्दा शेरले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ५ विकेट लिएका थिए ।
इस्टर्न रिजन टि ट्वान्टी फागुन १५ देखि २३ गते सम्म थाईल्यान्डमा हुने जनाएको छ । त्यस्तै वेस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन ९ देखी १६ सम्म ओमानमा हुने छ । इस्टर्न रिजनमा नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् । इस्टर्न र वेस्टन रिजनका शीर्ष दुई दुई टोली गरी कुल चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् ।
क्वालिफयारको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगिता खेल्ने छ । एसिया टि ट्वान्टी कपमा क्वालिफायर भएर आउने टोलीसँगै टेष्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।
नेपाली १८ सदस्य टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी (उप कप्तान), आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहोरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमल सिंह ऐरी र रोहित कुमार पौडेल
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]