default_image

5 years ago

January 31, 2020

सन्दीप विनाको मेलबर्न क्वालिफायरमा पराजित

138 views

0 Bookmark

एजेन्सी – बिग ब्यास लिग अन्तर्गत शुक्रबार भएको क्वालिफायर खेलमा मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग ४३ रनले पराजित भएको छ । नेपाली स्पिनर सन्दीप लामिछानेको अनुपस्थितिमा स्टार्सले क्वालिफायरमा एकमात्र विदेशी खेलाडीका रुपमा पाकिस्तानी बलर हरीस रउफलाई खेलाएको थियो ।

जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्न १८ ओभरमा मात्र ९९ रन जोड्दै अलआउट भयो । पहिलो ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । सिड्नीका ओपनर जोस फिलिपेले २८ बलमा ३४ रन जोडेका थिए । जोर्डन सिल्क २५ रनमा नटआउट रहंदा स्टिभ स्मिथले २४ रनको योगदान दिए । मेलबर्नका लागि स्पिनर एडम जाम्पाले मात्र ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए ।

जवाफमा मेलबर्नले लगातार विकेट गुमाएको मेलबर्नका लागि ३ खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । तल्लोक्रमका क्लिन्ट हिन्चक्लिफ २५ रनमा नटआउट रहँदा ओपनर निक म्याडीन्सन र कप्तान ग्लेन म्याक्सवेलले १६-१६ रन जोडे । सिड्नीका सन अबोटले ३ विकेट लिएका थिए ।

अब मेलबर्नले फाइनल प्रवेशका लागि च्यालेन्जर खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ । सिड्नी सिक्सर्स भने फाइनलमा प्रवेश गरिसकेको छ । मेलबर्न स्टार्सले एडिलेड स्ट्राइकर्स र सिड्नी थन्डरको विजेतासँग फाइनल प्रवेशका निम्ति प्रतिस्पर्धा गर्नेछ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.