5 years ago
January 31, 2020
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका विष्फोटक ओपनर ब्याट्सम्यान क्रिस गेलले चाडैं नेपालमा भेट्ने बताएका छन् । क्रिस गेलले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्दैछन् ।
नेपाली फ्रेन्चाइज लिगमा गेल हालसम्मकै ठूला नाम गरेका खेलाडी हुन् । विहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै पोखरा राइनोजले गेल आइकनिक प्लेयर रहेको सार्वजनिक गरेको छ । पोखराले गेलको एक सन्देश भिडियो पनि सार्वजनिक गरेको छ । उक्त सन्देश भिडियोमा गेलले आफ्नो टोली पोखरा राइनोजलाई समर्थन गर्न र चाडैं नेपालमा भेट्ने बताएका छन् ।
गेल फागुन २९ मा नेपाल आउने आयोजकले जनाएको छ । गेलले ईपिएल कति खेल खेल्ने भन्ने इन्डियन प्रिमियर लिग (आईपिएल) खेल तालिकाले निर्धारण गर्ने छ । १३ औं संस्करणको आईपिएल चैत्र १६ देखि जेठ ११ सम्म भारतका विभिन्न शहरमा हुने छ । क्रिस गेलले किंग्स इलाभेन पञ्जावबाट खेल्ने छन् । पोखराले गेलसँगको पारिश्रमिक गोप्य राखेको छ ।
‘क्रिस गेल, युनिभर्स बोस, किङ अफ ट्वान्टी ट्वान्टी, एभरेष्ट प्रिमियर लिगको लागि म नेपाल आउँदैछु । मेरो टोली पोखरा राइनोजलाई समर्थन गर्नुहोस । गेलको आँधी हेर्नको लागि नेपालमा तयार रहनुहोस, चाडै नेपालमा भेटौंला’, गेलले भिडियो सन्देशमा भनेका छन् ।
गेल आईसीसीको तीनै शैली (टेष्ट, एक दिवसिय र टि ट्वान्टी) मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । विश्फोटक ब्याटिङको लागि विश्व क्रिकेट जगतमा परिचित गेलको नाममा विश्व क्रिकेटमा थुप्रै कीर्तिमान रहेको छ । गेलले एकै ओभरमा खेललाई नयाँ मोड दिन सक्छन् । गेलले ओडीआईमा सन् १९९९ मा भारतविरुद्ध, टेष्टमा २००० मा जिम्बावे र टि ट्वान्टीमा न्युजिल्यान्डविरुद्ध २००६ मा डेब्यू गरेका थिए ।
गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी आइ खेलेका छन् । सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल टोलीका प्रमुख सदस्य थिए । गेलले ५८ टवान्टी आइमा १३ अर्ध शतक २ शतक सहित कुल १६ सय २७ रन बनाएका छन् । टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ छ । गेलले २००७ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय १७ र सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध टि ट्वान्टी आइमा शतक प्रहार गरेका थिए ।
गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट पुने वारियर्स विरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए । जुन टि ट्वान्टीमा उच्च ब्यक्तिगत स्कोर हो । जव गेल चल्छन् भने उनले मैदानमा चौका र छक्काको वर्षा गराउने गर्दछन् । उनलाई रोक्न मुश्किल पर्ने गर्दछ । गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन् । गेलले २०१५ को आईसिसि एक दिवसिय विश्वकपमा जिम्बावेविरुद्ध २ सय १५ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
पोखराले अन्य दुई विदेशी खेलाडीको नाम घोषणा गर्न चाहेन । पोखराले चाडैनै अन्य दुई विदेशी खेलाडीको नाम पनि सार्वजनिक गर्ने जनाएको छ । पोखराबाट दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम अमला र जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले खेल्ने चर्चा छ । पोखरा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम लगाएतका खेलाडी छन् । गत वर्ष पोखरा ५ खेलमा ५ मानै पराजित हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]