default_image

5 years ago

January 31, 2020

डेब्युको प्रतिक्षामा कमल

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उमेर समुह र घरेलु प्रतियोगितामा निरन्तर औसत प्रर्दशन गर्दै आएका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक सिनियर टोलीमा परेका छन् ।

घरेलु मैदान कीर्तिपुरमा माघ २२ देखि २९ सम्म ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक ओडीआई सिरिजको लागि गत साता घोषित अन्तिम १४ सदस्यीय टोलीमा कमलले पहिलो पटक मौका पाएका हुन् । टोलीका प्रमुख तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले चोटका कारण त्रिकोणात्मक सिरिज गुमाउने भएपछि कमललाई मौका दिएको हो । सन् २०१६ मा श्रीलंकामा भएको यू१९ एसिया कपबाट यू१९ यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामानै भएको यू१९ एसिया कप बाट उमेर समुहको यात्रा सकाएका छन् ।

तीन वर्ष देखी निरन्तर उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता राख्छन् । श्रीलंकासँग यू१९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए । कमलले एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स, धनगढी प्रिमियर लिगमा च्याम्पियन सिवाईसी अत्तरिया र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेल्ने गर्दछन् । फ्रेन्चाइज बाहेकका अन्य घरेलु प्रतियोगितामा भने कमलले सशस्त्र प्रहरी बल एपिएफको जर्सीमा देखिन्छन् ।

पहिलो पटक सिनियर टोलीमा परेपछि निकै खुसी देखिएका कमलले खेलमा मौका पाए राम्रो गर्ने बताउँछन् । ‘पहिलो पटक टोलीमा पर्दा खुसी छु । सबैको अन्तिम सपना नै सियिनर टोलीबाट खेल्ने हुन्छ । पाएको अवसरलाई सदुपयोग गर्ने छु’, कमलले भने ।

टोलीमा डेब्यूमा सम्भावना कतिको देख्नुहुन्छ भन्ने प्रश्नमा कमलले भने, ‘त्यो त त्यहि दिन मैदान र टोलीको आवश्यकता हेरेर थाहा हुन्छ । डेब्यूको लागि आतुर र उत्साहित छु । डेब्यू गर्दै राम्रो छाप राख्ने सोच छ । मौका पाएँ भने अवश्य राम्रो गर्ने छु, ‘उनले थपे, ‘कीर्तिपुर मैदानबारे राम्रोसँग थाहा छ । जसले फाइदा म लिन सक्छु। सिनियर टोलीमा बेन्चमै बसेपनि सिक्ने कुरा धेरै हुन्छ ।’

‘यू१९ क्रिकेट मेरो सुरुवात थियो । यू१९ र सिनियर टोलीमा धेरै फरक छ । निरन्तर घरेलु फ्रेन्चाइज लिगमा गरेको प्रर्दशनले आत्माविश्वास बलियो छ । मौका पाएमा राम्रो गर्छु भन्नेमा आत्माविश्वास छ’, उनले भने, ‘मेरो लागि चुनौती भन्दा पनि अवसर धेरै छन् । मैले टोलीमा के गर्नुपर्छ राम्रोसँग थाहा छ । टोलीको आवश्कता र दिए अनुसारको भुमिका निर्वाह गर्न सक्छु ।’

उपकप्तान दीपेन्द्र सिंह ऐरी र कमल नाताले दाजुभाई पर्छन् । गत वर्ष तीनै फ्रेन्चाइज लिगमा दीपेन्द्र र कमलले एकै टिम खेलेका थिए । यो स्थानसम्म आईपुग्न दीपेन्द्रको के कस्तो सहयोग छ भन्ने प्रश्नमा उनले भने, ‘दीपेन्द्रको ठूलो हात । यू१९ खेल्नु अघिदेखि नै उसँगै काठमाडौं बसेर क्रिकेट सिकेको हुँ। दीपेन्द्रले आर्थिकदेखि सबै कुरामा सहयोग गर्दै आएको छ । सधैं सकारात्मक कुरा गर्छ । यो स्थान सम्म आउनमा उसको साथ र सहयोग महत्त्वपूर्ण छ’, कमलले भने ।

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

Success

Thank you for your time.