default_image

5 years ago

January 31, 2020

रकीबुलको घातक बलिङमा बंगलादेश सेमिफाइनलमा

84 views

0 Bookmark

एजेन्सी – बायाँ हाते स्पिनर रकीबुल हसनले उत्कृष्ट बलिङ गरेपछि बंगलादेश दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । बंगलादेशले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका ४२.३ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका ल्यूक ब्यूफोर्टले ९१ बलमा ६ चौका सहित सर्वाधिक ६० रनको योगदान दिए ।

ओपनर जोनाथन बर्डले ३९ बलमा ४ चौका र १ छक्का सहित ३५, ज्याक लेस १९ र खन्ना कोटानीले १५ रन बनाए । बंगलादेशको कसिलो स्पिन बलिङ सामु दक्षिण अफ्रिकाका ७ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

बंगलादेशका स्पिनर रकीबुल हसनले ९.३ ओभरमा १९ रन खर्चेर ५ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । तन्जीम हसन सकीब २, शमिम हसन र शोरफुल इस्लामको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । तन्जिद हसनले ८४ बलमा १२ चौकाको सहयोगमा सर्वाधिक ८० रन बनाए । शहादत हुसेन ७६ बलमा ७ चौका र १ छक्का सहित ७४ रनमा अविजित रहे । तौहीद हिरदेय ५१ रनमा आउट भए । दक्षिण अफ्रिका फेको मोलत्सेनले २ विकेट लिए ।

पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रन र दोस्रो क्वाटरफाइनलमा बुधबार न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । जसको विजेताले पहिलो सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा बंगलादेश र न्युजिल्यान्ड भिड्ने छन् । फाइनल माघ २९ मा हुने छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.