default_image

5 years ago

January 30, 2020

सिपिएलको उद्घाटन खेल- भरतपुर गुर्खाजविरुद्ध इच्छाकामना

69 views

0 Bookmark

विनोदबाबु रिजाल , चितवन

पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लीग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुँदैछ । सिपिएलको सबै तयारी पूरा भएको आयोजक नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सले जनाएको छ ।

प्रतियोगिताको ट्रफी बिहीबार अपराह्न नारायणी नदी किनारमा सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी पाँच वटै टिमका कप्तान संघर्ष पौडेल (भरतपुर गुर्खाज), सन्तोष न्यौपाने (सौराहा स्याण्ड्स), आकास थापा (राप्ती ¥यापिड्स), दीपेश श्रेष्ठ (इच्छाकामना वारीयर्स) र हेमराज पौडेल (उपकप्तान–माडी टाइगर्स) ले ट्रफी सार्वजनिक गरेका हुन् ।

नारायणगढको क्याम्पाचौर सिपिएल खेलका लागि तयार भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उदटन गर्नेछन् । माघ २५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजविरुद्ध इच्छाकामना वारियर्स मैदान उत्रँदैछ । यो खेलमध्यान्ह १२ बजे हुने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीनजना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.