5 years ago
January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत गेलका बारेमा जानकारी गराएको हो ।
वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए । गेलले ५८ टवान्टी आइ मा १३ अर्ध शतक २ शतक सहित कुल १६ सय २७ रन बनाएका छन् । टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ ।
गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट पुने वारियर्सविरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए । गेल आइसिसीको एक दिवसिय, टेस्ट र टि ट्वान्टी तिनैमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।
गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन । गेलले आगमी सस्करणको आइपिएल किङ्ग्स इलाभने पन्जावबाट खेल्ने छन्। गेलले कति खेल खेल्ने भन्ने चाहिँ आइपिएलको खेल तालिका आएपछि मात्रै थाहा हुने बताइएको छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]