default_image

5 years ago

January 30, 2020

अलराउन्डर सोमपालको नयाँ इनिङ्स सुरु

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । सोमपाल कामीले प्रतिभा घिमिरेसँग पशुपतिमा लगनगाँठो कसेका हुन् ।

सोमपाल र प्रतिभाले चारवर्ष देखीको प्रेम सम्बन्धलाई बिहीबार  विवाह बन्धनमा परिणत गरेका छन् । सोमपाल र प्रतिभा २०१५ देखी प्रेम सम्बन्धमा रहँदै आएका थिए । सोमपाल २०१५ को धनगढीमा भएको एसपिएकप खेल्नेक्रममा उनीसँग प्रम सम्बन्ध अघि बढेको थियो ।

सोमपाल चोटका माघ २२ देखी २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि टोलीमा छैनन् । सोमपालको स्थानमा युवा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिइएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सोमपाल टोलीमा नहुँदा केहि असर पर्न सक्ने बताएका छन् । यस पटक सोमपाल कामी एभरेष्ट प्रिमियर लिग(इपिएल) चितवन टाइगर्सबाट खेल्ने छन् । काठमाडौं किंग्स-११ ले सोमपाललाई बेच्दै चितवन टाइगर्सका दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.