5 years ago
January 29, 2020
एजेन्सी – न्युजिल्यान्ड दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राती दोस्रो क्वाटरफाइनल खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ विकेटको पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य न्युजिल्यान्डले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । एक समय फराकिलो हार नजिक पुगेको न्युजिल्यान्डलाई जोए फिल्ड र क्रिस्टियन क्लार्कले नवौं विकेटका लागि १४.५ ओभरमा ८६ रनको उत्कृष्ट अविजित साझेदारी गर्दै जित पक्का गरे ।
क्लार्क ४२ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । जोय फिल्ड ५८ बलमा ३ चौका सहित ३८ रनमा अविजित रहे । सिमोन किनी ३३, क्विन सुन्डे ३२, फर्गस लेल्म्यान २९ र रियास मारियु २६ रनमा आउट भए । जोशुआ जेम्श र म्याथ्यू फोर्डले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ४७.५ ओभरमा २ सय ३८ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका कर्क म्याकेन्जीले १ सय ४ बलमा ११ चौका र ३ छक्का सहित ९९ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । उनी ४८ औं ओभरको पाँचौ बलमा पुन ब्याटिङ गर्न मैदान पुन आए ।
क्रिस्टियन क्लार्कको बलमा शट खेल्ने क्रममा उनको ब्याटमा इनसाइट एच लागेर बोल्ड आउट हुँदै शतक बनाउन १ रनले चुकेका थिए । एन्टोनियो मोरिसले ३१, केल्वन एन्डरसन ३३, जोशुआ जेम्स १८ रनमा आउट भए । न्युजिल्यान्डका क्रिस्टियन क्लार्कले ७.५ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए ।
पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरि सकेको छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]