5 years ago
January 29, 2020
एजेन्सी – तेस्रो टि ट्वान्टी खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै पाँच टि ट्वान्टी सिरिज दुई खेल अगावै जितेको छ । जितको लागि सुपर ओभरमा १८ रन चाहिएको अवस्थामा भारतले अन्तिम बलमा पुरा गर्यो ।
टिम साउथीले पहिलो बलमा रोहित शर्मालाई २ र दोस्रोमा १ रन दिए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे । चौथो बलमा १ रन दिए । रोहितले पाँचौ र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै जित पक्का गरे । जस्प्रित बुमराहले सुपर ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन र दोस्रो बलमा मार्टिन गुप्टिललाई १-१ रन दिए ।
तेस्रो बलमा विलियम्सनले छक्का र चौथो बलमा चौका प्रहार गरे । पाँचौ बलमा १ लेग वाईका रुपमा बटुल्दा अन्तिम बलमा गुप्टिलले चौका प्रहार गर्दै कुल १७ रन बनाएको थियो । त्यसअघि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
अन्तिम ओभरमा जितको लागि न्युजिल्यान्डलाई ९ रन चाहिएको थियो । तर मोहम्मद शामीले ८ रन खर्चेर २ विकेट लिदै खेल सुपर ओभरमा पुर्याएका थिए । पहिलो बलमै मोहम्मद शामीलाई टेलरले छक्का प्रहार गरे । दोस्रो बलमा १ रन दिदा तेस्रो बलमा विलियम्सन आउट भए । चौथो बलमा सामीले बल डट राखेपछि खेल रोमान्चक बनेको थियो ।
पाँचौ बलमा १ र अन्तिम बलमा टेलर १७ रनमा बोल्ड आउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । विलियम्सनले ४८ बलमा ८ चौका र ६ छक्का सहित ९५ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । विलियम्सन अन्तिम ओभरको तेस्रो बलमा विकेटकिपर लोकेश राहुलबाट क्याच हुँदै पहिलो शतक बनाउनबाट चुकेका थिए । यो विलियम्सनको टि ट्वान्टी आई करिअरकै उच्च प्रर्दशन हो ।
ओपनर मार्टिन गुप्टिलले २१ बलमा २ चौका र ३ छक्का सहित ३१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । शार्दुल ठाकुरलाइृ छैटौं ओभरको चौथो बलमा ठूलो सट खेलेका गुप्टिल बाउन्डी लाइन नजिकै वैकल्पिक फिल्डर सञ्जु स्यामसनले उत्कृष्ट क्याच गर्दै पेभिलिएन फर्काए ।
अर्का ओपनर कोलिन मुनरो १४, मिचेल सान्टनार ९ र कोलिन डी गान्डहोमले ५ रन जोडे ।भारतका शार्दुल ठाकुर र मोहम्मद शामीले २-२ विकेट लिए । युजभेन्द्र चहल र रविन्द्र जडेजाको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक ६५ रनको योगदान दिए ।
हमीश बेनेटले ११ औं ओभरको चौथो बलमा टिम साउथीबाट क्याच गराउनु अघि रोहितले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । रोहितले छैटौं ओभरमा बेनेटलाईनै ३ छक्का र २ चौका गरि २७ रन जोडेका थिए ।
पहिलो विकेटका लागि लोकेश राहुल र रोहितले ९ ओभरमा ८९ रनको साझेदारी उत्कृष्ट सुरुवात दिलाएका थिए । कोलिन डी ग्रान्डहोमले कोलिन मुनरोबाट क्याच गराउनु अघि राहुलले १९ बलमा २ चौका र १ छक्का सहित २७ रन जोडे ।
बेनेटलेनै शिवम दुबेलाई ३ रनमा ईश सोधीबाट क्याच गराए । श्रेयस ऐर १७ रनमा स्टम्पिङ आउट हुन पुगे । बेनेटलेनै कप्तान विराट कोहलीलाई १९ औं ओभरको पाँचौ बलमा साउथीबाट ३८ रनमा क्याच आउट गराए । कोहलीले २७ बमा २ चौका र १ छक्का प्रहार गरे ।
मनिष पाण्डे १४ र रविन्द्र जडेजा १० रनमा अविजित रहे । हमिश बेनेटले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनार र कोलिन डी ग्रान्डहोमले १(१ विकेट लिए । भारत पहिलो खेलमा ६ विकेट र दोस्रोमा ७ विकेटले विजयी भएको थियो । चौथो खेल शुक्रबार हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]