default_image

5 years ago

January 29, 2020

‘घरेलु मैदानमा शत प्रतिशत जित खोज्नेछौं’ – पारस

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान तथा पुर्व कप्तान पारस खड्काले आईसीसी विश्वकप लिग-२ मा घरेलु मैदानमा अर्को साता देखी सुरु हुने त्रिकोणात्मक सिरिजमा ओमान र अमेरिकालाई हराउन उत्कृष्ट क्रिकेट खेल्नुपर्ने बताएका छन् ।

अभ्यासको क्रममा टियु क्रिकेट मैदानमा ब्यस्त पारसले हाम्रो खेलकुदसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘खेलाडीले अभ्यासदेखि सबै कुरामा आफ्नो शत प्रतिशत दिँदै आएका छन् । अब मिहिनेत प्रतियोगिता र खेलमा देखाउनुपर्छ । खेलमा हामी कस्तो क्रिकेट खेल्छौं भन्नेमा भर पर्छ’, पारसले भने, ‘ओमान र अमेरिकालाई हराउन हामीले हाम्रो तर्फबाट उत्कृष्ट क्रिकेट खेल्नै पर्छ ।’

‘घरेलु मैदानको प्रत्येक खेल किन महत्त्वपूर्ण छन् भने घरेलु मैदानको अंकको सहयोगले क्वालिफायारमा पुग्न ठूलो सहयोग पुग्छ’, पारसले भने । पारसले यो स्तरमा ब्याटिङ मात्र नभएर बलिङ र फिल्डिङ पनि त्यतिनै उत्कृष्ट हुनुपर्ने बताउँछन् ।

‘सिनियर खेलाडीले अझ बढि जिम्मेवार लिनुपर्छ, यो स्तरमा खेल्न सजिलो हुने छैन । दुई तीन जना ब्याट्सम्यान र बलर चलेर मात्र पनि हुँदैन । सबैले आफुलाई एउटा खेल विनर रुपमा कसरी प्रस्तुत हुने भन्ने सोच्ने हो भने धेरै जस्तो कुराको समाधान हुने छ’, पारसले भने ।

पारसले नेपालबाट खेल्ने सबै खेल महत्त्वपूर्ण हुने बताउछन् । ‘घरेलु मैदानमा ओडीआई खेल खेल्ने पहिला देखिको इच्छा थियो । मैदानले पनि ओडीआई मान्यता पाउने छ । हाम्रो देशको लागि पनि ठूलो कुरा हो । आगमी दिनमा कीर्तिपुर मात्रै पाएर हुँदै अन्य मैदानले पनि ओडीआई मान्यता पाउन्,’ उनले भने ।

कीर्तिपूरमा नेपाली समर्थक सामु खेल्नु उत्साहित र आतुर रहेको पारस बताउँछन् । पारसले समर्थकहरुलाई राम्रो क्रिकेट खेलर जितेर देखाउन सकौं भन्ने सोचि रहेको बताए ।

विश्वकप लिग-२ मा एक अर्का जुन सुकै टोलीले हराउन सक्ने क्षमता रहेको पारस बताउँछन् । अझ घरेलु मैदान भएको हुँदा यस ओडीआई त्रिकोणात्मक सिरिज नेपाललाई झनै महत्वपूर्ण छ । ‘हामीले २०१५-१७ विश्व च्याम्पियनसिप लिगमा केहि खेल घरेलु मैदानमा खेल्न पाएनौं, जसको असर अंक तालिकामा परेको थियो । हामीलाई आशा छ, घरेलु मैदानमा पुरा अंक ल्यान खोज्ने छौं’, पारसले भने ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.