5 years ago
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा युवा स्पिनर अनिल खरेल खेलाडी किनबेचमा सर्वाधिक महँगो मुल्यमा बिक्री भएका छन् । स्पिनर अनिल खरेललाई पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले १ लाख २७ हजार रुपैयाँ खर्चंदै टोलीमा अनुबन्ध गरेको छ ।
अनिलले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजबाट ५ खेलमा ८ विकेट लिदै उदीयमान खेलाडी घोषित भएका थिए । जसको फाइदा उनलाई इपिएलमा परेको छ । विराटनगरले अर्का लेग स्पिनर बिक्रम कुमार भुषाललाई १ लाख १७ हजार र हिटर सौरभ खनाललाई १ लाख ७ हजार रुपैयाँमा अनुबन्ध गरेको छ । सौरभलाई पोखरा राइनोजले फुकुवा गरेको थियो ।
शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सले सुदूरपश्चिम प्रदेशका तीब्र गतिका बलर विकास आग्रीलाई ५० हजार र विकेटकिपर हिमांशु दत्तलाई ५५ हजारमा टोलीमा अनुबन्ध गरेको छ । चितवन टाइगर्सले युवा ब्याट्सम्यान तथा विकेटकिपर खडक बोहरा ५० हजार रुपैयाँ खर्चेको छ ।
काठमाडौं किंग्स ११ ले तीब्र गतिका बलर अमृत भट्टाई र दीपेन्द्र रावतलाई समान ५१ हजार खर्चेको छ । काठमाडौंले यू१९ का अलराउन्डर शेर मल्ललाई ८६ हजार रुपैयाँमा खर्चेको छ । शेरले पछिल्लो समय यू१९ र घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै आएका छन् ।
पोखरा राइनोजले यू१९ टोलीका कप्तान रित गौतमलाई १ लाख २० हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । पोखराले चितवन राइनोजका पुर्व कप्तान पृथु बास्कोटालाई ७५ हजार, यू१९ का तीब्र गतिका बलर विवेक कुमार यादवलाई ६० हजार र बिपिन रावललाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।
सम्पूर्ण नेपाली खेलाडी किनबेचपछिको अन्तिम सुची :
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]