5 years ago
January 28, 2020
एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९ रनमा अल आउट भयो ।
पहिलो ओभरमै शीर्षक्रमका प्रमुख तीन ब्याट्सम्यान गुमाएको अस्ट्रेलियालाई ओपनर साम फनिङ्गले १ सय २७ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७५ रन जोड्दै इनिङ उकासेका थिए । लियाम स्कर्ट ३५ र प्याट्रिक रोवेले २१ रन जोडे । भारतीय बलरको उत्कृष्ट बलिङ सामु अस्ट्रेलियाका ८ खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतका कात्तिक त्यागिले ८ ओभरमा २४ रन खर्चेर ४ विकेट लिदै म्यान अफ द म्याच चुनिए । आकश सिंहले ३ र रबि विश्रोइले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । उसका ओपनर यशस्वी जैसवालले ८२ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । अथर्व आकोलेकर ५४ बलमा ५ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहे । रबि विश्रोइ ३० र सिद्धेश वीर २५ रनमा आउट भए । अस्ट्रेलियाका कोरी केली र टोड मर्फीले २-२ विकेट लिए ।
दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]