5 years ago
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) –आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि सबै टोलीले टिममा रहने खेलाडी, फुकवा गरेका खेलाडी र टोलीमा किनेका खेलाडीको नाम सार्वजनिक गरेका छन् ।
यस पटक टि ट्वान्टी स्पेलिष्ट सिद्धान्त लोहनी फुकुवा हुँदा यू १९ का कप्तान रित गौतम देखी विकास आग्री सम्मका युवा खेलाडी फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन् । शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सले विकेटकिपर प्रकाश केसी र ब्याट्सम्यान भुपेन्द्र थापा क्षेत्रीलाई फुकुवा गरेको छ ।
पछिल्लो समय यी दुई खेलाडीले घरेलु लिग खेलेका छैनन् । भैरहवाले सुदूरपश्चिम प्रदेशका तीब्र गतिका बलर विकास आग्री सँगै हिमांशु दत्तलाई टोलीमा अनुबन्ध गरेको छ । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले स्पिनर अनिल खरेल, विक्रम कुमार भुषाललाई टोलीमा अनुबन्ध गरेको छ । पोखरा राइनोजले फुकुवा गरेका सौरभ खनाललाई पनि विराटनगरले टोलीमा भित्राएको छ । विराटनगरले स्पिनर विनोद लामा, अलराउन्डर पुष्प थापा र रविन क्षेत्रीलाई फुकुवा गरेको छ ।
विनोद लामा दुई हप्ता अघि सम्पन्न मन मोहन मेमोरियल एक दिवसिय खेलमा ३ खेलमा १४ विकेट लिदै प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएका थिए । यस अघिनै दीपेन्द्र सिंह ऐरीलाई काठमाडौं पठाउँदै सोमपाल कामीलाई टोलीमा भित्रााएको चितवन टाइगर्सले युवा ब्याट्सम्यान तथा विकेटकिपर खडक बोहरालाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । खडकले पछिल्लो समय घरेलु र यू१९ मा राम्रो प्रर्दशन गर्दै आएका छन् । चितवनले कप्तान पृथु बास्कोटालाई फुकुवा गरेको छ ।
यस अघिनै दीपेन्द्र र सन्दीप लामिछानेलाई टोलीमा भित्राएको काठमाडौं किंग्स(११ ले तीब्र गतिका बलर अमृत भट्टाई, स्पिनर शेर मल्ल र दीपेन्द्र रावतलाई टोलीमा भित्राएको छ । काठमाडौंले सिद्धान्त लोहनी, पुरन विश्वकर्मा र विक्रम कुमार भुषालालाई फुकुका गरेको छ । साविक विजेता ललितपुर प्याटियटर्सले भने सन्दीप बाहेक अन्य कुनै खेलाडी अनुबन्ध र फुकुवा गरेको छैन । सन्दीप यस अघिनै ललितपुरबाट काठमाडौं गई सकेका थिए ।
पोखरा राइनोजले यू१९ का कप्तान तथा युवा ब्याट्सम्यान रित गौतम, बिपिन रावल, पृथु बास्कोटा र यू१९ का तीब्र गतिका बलर बिवेक कुमार यादवलाई टोलीमा अनुबन्ध गरेको छ । चितवनले फुकुवा गरेको पृथुलाई पोखराले अनुबन्ध गरेको हो । शक्ति गौचनले सन्न्यास लिई सकेको हुँदा उनी टोलीमा छैनन् । पोखराले मध्यक्रमका ब्याट्सम्यान राजेश पुलामी मगर, हिटर सौरभ खनाल र विकेटकिपर सुबेन्दु पान्डेलाई फुकुवा गरेको छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]