5 years ago
January 28, 2020
एजेन्सी – गत वर्ष विग ब्यास लिगमा स्पिनर सन्दीप लामिछानेले क्याप्टेन किलरको उपनाम पाएका थिए । गतवर्ष सुरुवाती ४ खेलमा ८ विकेट लिने क्रममा सन्दीपले विपक्षी चारै टोलीका कप्तानलाई आउट गर्दै अन्तर्राष्ट्रिय स्तरमा सनसनी मच्चाएका थिए ।
पहिलो पटक बिग ब्यास खेलेका सन्दीपको उक्त प्रर्दशनले धेरैको मन तानेको थियो । बिग ब्यासमा गत वर्ष सन्दीपले जति चर्चा बटुलेका थिए । यस वर्ष त्यति हुन सकेन । लिग चरणको खेल सकिँदा मेलबर्न स्टार्स शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगेको छ । तर सन्दीप ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार बिहान नेपाल आएका छन् ।
लिग चरणको १४ खेल मध्य सन्दीपले १३ खेल खेले । सन्दीपले सामान्य चोटका कारण एक खेलमा विश्राम गर्नु परेको थियो । मेलबर्नको पहिलो रोजाईका सन्दीपले १३ खेलमा ४५ ओभर बलिङ गर्दै ३ सय ३५ रन खर्चेर १५ विकेट लिए । लिग चरणमा सन्दीप सर्वाधिक विकेट लिने क्रममा सातौं नम्बरमा छन ।
१३ खेल मध्य सन्दीपले ३ खेलमा विकेट लिन सकेनन् । ६ खेलमा १-१ विकेट लिए । यस सिजनमा सन्दीपले एक खेलमा मात्रै ३ विकेट लिए । तीन खेलमा सन्दीपले २-२ विकेट लिए । सन्दीपले यस सिजनमा म्यान अफ द म्याच प्रर्दशन गर्न सकेनन् । सम्रगमा सन्दीपको प्रर्दशनमा एकरुपता चाहिँ रहेन ।
मेलबर्न स्टार्सले प्रमुख रोजाईको स्पिनरमा परेका सन्दीपले निराश नबनाए पनि आशा गरे अनुसारको चाहिँ प्रर्दशन गर्न सकेनन् । गत वर्ष नै बिग ब्यासको अनुभव बटुलेका मैदान र खेलाडीसँग राम्रोसँग घुलमिल भई सकेका सन्दीपले बिग ब्यासमा जुन प्रर्दशन गरे त्यो भन्दा बढि आशा समर्थक र स्टार्सले गरेको थियो ।
१३ खेलमा सन्दीपको प्रर्दशन
सन्दीपले ब्रिसबेन हिटसँग ४ ओभरमा ३८ रन खर्चिदै १ विकेट लिदै मध्यम सुरुवात गरेका थिए। दोस्रो खेलमा सन्दीपले होबार्ट हरिकेन्सविरुद्ध ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । तेस्रो खेलमा सन्दीपले एडिलेड स्टाइकर्सविरुद्ध ३ ओभरमा १५ रन खर्चिदै १ विकेट लिए । हरिकेन्सविरुद्ध सन्दीपले २ ओभरमा ११ रन खर्चिदा विकेट लिन सकेनन् ।
सन्दीपले सिड्नी थन्डरसँगको खेलमा विश्राम पाएका थिए । विश्रामबाट फर्किएका सन्दीपले मेलबर्न रेनेगेड्सविरुद्ध ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । उक्त खेलमा सन्दीपले टम कपुर, डानियल क्रिश्टियन र शन मार्शलाई आउट गरेका थिए । उत्कृष्ट प्रर्दशन गरेपनि ४ खेलमा १९ रन खर्चेर २ विकेट लिएका एडम जम्पा म्यान अफ द म्याच चुनिए ।
सन्दीपले सिड्नीविरुद्ध ४ ओभरमा ३९ रन खर्चिदा विकेट लिन सकेनन् । तर मेलबर्नले सन्दीप प्रतिको विश्वास घटाएन । मेलबर्न रेनेगड्सविरुद्ध महँगो सावित भएपनि दुई विकेट लिएका थिए । उक्त खेलमा सन्दीपले ४ ओभरमा ३९ रन खर्चिएका थिए । सिड्नीविरुद्ध सन्दीपले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।
सन्दीपले पर्थविरुद्ध भने घातक बलिङ गर्दै ३ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिए । पुन पर्थविरुद्ध सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । सिड्नीविरुद्ध सन्दीपले २ विकेट लिएपनि आफ्नो रन कम गर्न सकेनन् । सन्दीपले ३ ओभर ३८ रन खर्चिए । सन्दीप एडिलेडविरुद्ध विकेटविहीन बने भने लिग चरणको अन्तिम खेलमा हिटविरुद्ध ४ ओभरमा १६ रन खर्चेर १ विकेट खर्चिदै यस संस्करणको बिग ब्यासको यात्रा सकाए । गत वर्ष सन्दीपले बिग ब्यासमा मेलबर्न स्टार्सबाट ८ खेलमा ११ विकेट लिएका थिए ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]