5 years ago
January 28, 2020
एजेन्सी – दक्षिण अफ्रिकासँगको चार टेष्ट सिरिज इंग्ल्यान्डले ३-१ ले जितेको छ । चौथो टेष्टमा सोमबार दक्षिण अफ्रिकालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।
इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय रन बनाएको थियो । उसका ओपनर ज्याक क्रली ६६, डोमिनिक सिब्ली ४४, कप्तान जो रुट ५९, जो डेनली २७, ओल्ली पप ५६, क्रिस वोक्स ३२, मार्क वुड ३५ र स्टुअर्ट ब्रोडले ४३ रनको योगदान दिए । दक्षिण अफ्रिकाका एनरिच नोर्टिजले ५ विकेट लिए ।
दक्षिण अफ्रिका पहिलो इनिङमा ६८.३ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका विकेटकिपर क्विन्टन डि कक ७६ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका मार्क वुडले ५, बेन स्टोक्स र क्रिस वोक्सले २-२ विकेट लिए ।
पहिलो इनिङमा २ सय १७ रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो इनिङमा २ सय ४८ रनमा अल आउट हुँदै दक्षिण अफ्रिकालाई ४ सय ६६ रनको विशाल लक्ष्य दिएको थियो । दोस्रो इनिङ मा इंग्ल्यान्डका कप्तान जो रुटले ५८, डोमिनिक सिब्ली ४४ र स्याम करनले ३५ रन जोडे । दक्षिण अफ्रिकाका बेउरन हेन्ड्रिक्सले ५ विकेट लिए ।
दोस्रो इनिङमा दक्षिण अफ्रिका ७७.१ ओभरमा २ सय ७४ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । दक्षिण अफ्रिकाका रस्सी भान डर दुसेनले १ सय ३८ बलमा १५ चौका र २ छक्का सहित ९८ रनमा क्याच हुँदै शतकबाट चुके । डी ककले ३९ र कप्तान फाफ डु प्लेसिसले ३५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
इंग्ल्यान्डका मार्क वुडले ४, बेन स्टोक्स र स्टुअर्ट ब्रोडले २-२ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेलमा १ सय ८९ र तेस्रो खेलमा इंग्ल्यान्ड ५३ रनले इनिङ अन्तरले विजयी भएको थियो । बेन स्टोक्स म्यान अफ द सिरिज चुनिए ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]