default_image

5 years ago

January 27, 2020

टियु मैदानमा पारस र ज्ञानेन्द्रले ओपनिङ गर्ने

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा ओपनिङ जोडी लामो समय देखी प्रमुख समस्या बन्दै आएको छ । पछिल्लो एक वर्षमा नेपालले फरक प्रतियोगितामा प्राय फरक ओपनर जोडी मैदान उतारेको छ । जसको असर ब्याटिङ क्रममा देखिएको छ । पछिल्लो तीन वर्षमा कप्तान ज्ञानेन्द्र मल्ल बाहेक अन्यलाई टिक्न मुश्किल परेको छ ।

ओमान र अमेरिकासँग माघ २२ देखि २९ सम्म हुने त्रिकोणात्मक सिरिजमा नेपालको पुनः फरक ओपनिङ जोडी मैदान उतार्दै छ । ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजमा कप्तान ज्ञानेन्द्र मल्ल र प्रमुख ब्याट्सम्यान पारस खड्काले ओपनिङ गर्ने निश्चित भएको छ ।

पारस र ज्ञानेन्द्रले टि ट्वान्टीमा ओपनिङ गरिसकेका छन् । गत जुलाईमा सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी विश्वकप एसिया रिजन देखी पारस र ज्ञानेन्द्रले टि ट्वान्टीमा ओपनिङ गर्दै आएका छन् ।

‘अहिले सम्मलाई हाम्रो सोच पारस र मैले नै ओपनिङ गर्ने छ । दुवैजना अनुभवी भएको र ५० ओभरमा टिमलाई चाहिएको हुँदा उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । टि ट्वान्टीमा गरिसकेका छौं, एकदिवसियमा पनि राम्रो गर्न चाहान्छौं । खेलका क्रममा परिवर्तन पनि हुन सक्छ’, ज्ञानेन्द्रले हाम्रो खेलकुदसँग भने ।

पारसले टि ट्वान्टीमा गत वर्ष युएईसँग भएको तीन टि ट्वान्टी सिरिज देखी ओपनिङ गर्दै आएका छन् । ज्ञानेन्द्रले सन् २०१६ अप्रिलमा कीर्तिपुरमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ मा नामिबिया देखि निरन्तर ओपनिङ गर्दै आएका छन् । त्यसअघि च्याम्पियनसिप अन्तर्गतनै ओपनर सुवास खकुरेल र अनिल कुमार मण्डलको जोडी रहेको थियो । नामिबियाविरुद्ध कीर्तिपुरका दुवै खेलमा नरेश बुढाएर र ज्ञानेन्द्रले ओपनिङ गरे । नामिबियाविरुद्ध पहिलो खेलमा ज्ञानेन्द्र र नरेशले ४२ र दोस्रो खेलमा २४ रनको साझेदारी गरेका थिए ।

अगष्टमा नेदरल्यान्डविरुद्ध दुबै खेलमा ज्ञानेन्द्र र अनिल कुमार मण्डलले ओपनिङ गरे । २०१७ को मार्चमा घरेलु मैदान कीर्तिपुरमा केन्यासँगको दुबै खेलमा ज्ञानेन्द्र र सुनिल धमलाले ओपनिङ गरेका थिए । सुनिल धमला पहिलो खेलमा ३ र दोस्रोमा आउट भएपछि उनको विकल्पको रुपमा सागर पुन, दिलिप नाथ, अनिल कुमार साह, प्रदीप ऐरी, सुबास खकुरेल, विनोद भण्डारी, इशान पाण्डे, कुशल भुर्तेल, हुँदै पारस सम्म आई पुगेको छ । नेपालले ६ ओडीआई खेलमा ३ फरक जोडी मैदान उतारेको छ ।

नेपालको ओडीआईमा ओपनिङ जोडी र साझेदारी

नेदरल्यान्डसँगको दुई ओडीआई सिरिज – २०१८

पहिलो खेलमा : ज्ञानेन्द्र र अनिल कुमार शाह (१२.२ ओभर ५८ रन)

दोस्रो खेलमा : ज्ञानेन्द्र र सुबास खकुरेल (७.३ ओभर, २८ रन)

२०१८ एसिया कप छनोट – २०१८

नेपाल विरुद्ध यूएई : ज्ञानेन्द्र र सुबास (०.४ ओभर, ४ रन)

यूएइसँगको तीन ओडीआई सिरिज – २०१९

पहिलो खेल : ज्ञानेन्द्र र विनोद भण्डारी (०.४ ओभर, १ रन)

दोस्रो खेल : ज्ञानेन्द्र र विनोद (१५.३ ओभर ६१ रन)

तेस्रो खेल : ज्ञानेन्द्र र विनोद (४.३ ओभर १९ रन)

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.