5 years ago
January 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चर्चित गायक प्रमोद खरेल प्रदेश नम्बर १ क्रिकेट संघको सद्धभावना दुतमा नियुक्त भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको प्रदेश १ को बैठकले प्रमोद खरेललाई सद्धभावना दुतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गायक प्रमोद खरेलले निरन्तर रुपमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएका छन् । प्रमोदले नेपाली क्रिकेटको खेल र गतिविधिमा सामाजिक सञ्जालबाट समय समयमा आफ्नो धारणा राख्ने गर्दछन् । प्रमोदले चार वर्षअघि मेरो देश प्यारो नेपाल क्रिकेट गित समेत सार्वजनिक गरेका थिए । प्रमोद नेपाली क्रिकेटमा सक्रिय समर्थकका रुपमा रहँदै आएका छन् ।
शनिबार प्रदेश १ संघले दैनिक कार्यलाई सहज बनाउन विभिन्न उपसमिती गठन र पदमा नियुक्ति गरेको छ । प्रदिपराज पाण्डेको संयोजकत्वमा नारद नेपाल र मानबहादुर राई सदस्य रहेको प्राविधिक उपसमिति तथा अध्यक्ष मिङ्मा डण्डु शेर्पाको संयोजकत्वमा नवीन घिमिरे, मनोज कटुवाल र बिरु श्रेष्ठ सदस्य कार्य सम्पादन उपसमिति गठन गरेको छ । त्यस्तै प्रदेश १ ले खेलाडी छनोटमा लाक्पा लामाको संयोजकत्वमा टिकाराम पुरी र राजकुमार प्रधान छन् ।
मनोज कटुवाललाई प्रवक्ता, अजय राजवंशीलाई पुरुष टोलीको ब्यबस्थापक र बिरु श्रेष्ठको संयोजकत्वमा आर्थिक उप समिती गठन गरेको छ । प्रदेश १ मा आवद्ध रहेका ५ वटै जिल्लामा क्रिकेट विकाशको खेल मैदानको पहिचान गरि निर्माण र स्तर उन्नती गर्ने निर्णय गरेको जनाएको छ ।
विराटनगर महानगर पालिकाका मेयर भिम पराजुली, पुर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनिया, नेपाल पर्यटन बोर्डका सुर्य थपलिया, नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक ईश्वर बाबु कार्की, निलडेविड कटुवाल र जीवन कुमार दास सदस्य रहने गरि सल्लाहकार समिती गठन भएको छ । प्रदेश संघको कार्यलय विराटनगर, सबै जिल्लाहरुमा जिल्लाकार्यलय स्थापना र कार्यलय सचिवमा शिरीष उपाध्यायलाई नियुक्ती गर्ने निर्णय गर्दै प्रदेश १ क्रिकेट संघको दोस्रो बैठक सम्पन्न भएको छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]