default_image

5 years ago

January 26, 2020

‘नेपालको लक्ष्य शीर्ष २ मा पर्ने’ – कप्तान ज्ञानेन्द्र

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ मा नेपालको लक्ष्य शीर्ष दुईमा अन्त्य गर्ने रहेको बताएका छन् ।

टियु क्रिकेट मैदानमा माघ २२ देखि २९ सम्म हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि आईतबार आयोजना स्थलमा अभ्यासरत ज्ञानेन्द्रले हाम्रो खेलकुदसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले टोलीका सबै खेलाडी लगातार क्रिकेट खेलिरहेकाले राम्रो नतिजाको अपेक्षा गरेको बताए । ‘हाम्रो लागि यो ऐतिहासिक क्षण हो । तयारी राम्रो भएको छ र मैदान पनि राम्रो बनिरहेको छ । सबै खेलाडी दुई-तीन महिनादेखि क्रिकेटमै व्यस्त छन् । अब प्रतियोगितामा प्रर्दशन कस्तो हुन्छ त्यो महत्त्वपूर्ण हुन्छ, ‘ ज्ञानेन्द्रले भने ।

दुई अनुभवी खेलाडी वसन्त रेग्मी र सोमपाल कामी टोलीमा नहुँदा केहि समस्या हुन सक्ने बताउँछन् । ‘अनुभवी खेलाडी नहुँदा टोलीमा केहि असर त पर्छ नै । अझ ओडीआईमा सोमपालको प्रर्दशन हेर्ने हो भने उसको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट रहँदै आएको छ । उनको स्थानमा आएका युवा खेलाडीले उमेर र घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गरेका छन् । आशा छ युवा खेलाडीले सोमपालको अभाव हुन दिने छैनन्,’ उनले थपे । ज्ञानेन्द्रले ओडीआई मान्यताभर नेपालको लक्ष्य बेन्च बलियो बनाउने पनि रहेको बताए ।

पछिल्लो समय घरेलु क्रिकेट टि ट्वान्टी प्रतियोगिता हावी हुँदै आएको छ । तीन फ्रेन्चाइज लिग र अन्य स्थानीय टि ट्वान्टी प्रतियोगिताले खेलाडीको खेल्ने शैली पनि परिवर्तन भएको छ । यसको प्रत्यक्ष असर लामो फर्म्याटको खेलमा देखिएको छ ।  दुई साताअघि सुनसरीमा सम्पन्न मनमोहन मेमोरियल एक दिवसीय प्रतियोगितामा हतारिएर आक्रामक ब्याटिङमा गर्ने क्रममा राष्ट्रिय टोलीकै सदस्य रहेका खेलाडीले विकेट गुमाएका थिए ।

त्रिकोणात्मक सिरिजमा पनि सोहि समस्या देखिने डर छ की भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘हामीले एकदिवसिय खेल निकै कम खेलेका छौं । त्यसैले यस्तो समस्या देखिएको हो । टि ट्वान्टीमै खेलाडी बढी केन्द्रित हुनाले त्यो समस्या देखिने हो कि भन्ने चिन्ता पनि छ । आशा छ खेलाडीले एकदिवसिय शैलीमा खेल्ने छन्,’ उनले आशा व्यक्त गरे ।

त्रिकोणात्मक सिरिजको लागि ओमान र अमेरिका दुवैले १४ सदस्यीय टोली घोषणा गरि सकेका छन् । ज्ञानेन्द्रले ओमान र अमेरिका राम्रो लयमा रहेको बताउँछन् । ‘टि ट्वान्टी विश्वकपको लागि छनोट भएको ओमानले विश्वकप लिग-२ मा पनि राम्रो सुरुवात गरेको छ । अमेरिकाले पनि पछिल्लो दुई वर्षमा धेरै सुधार गरेको छ । अझ अमेरिकामा दक्षिण अफ्रिकी र वेस्ट इन्डिजका खेलाडी हुँदा झनै बलियो देखिन्छ’, ज्ञानेन्द्रले भने ।

पछिल्लो समय व्यक्तिगत प्रदर्शन हेर्दा ज्ञानेन्द्र राम्रो लयमा देखिएका छन् । दुई महिनाअघि पोखरा प्रिमियर लिगमा उत्कृष्ट ब्याट्सम्यान चुनिएका ज्ञानेन्द्रले धनगढी एक्स्पर्टविरुद्ध ३७ बलमै शतक प्रहार गरेका थिए । तर उनी आफैं विगतको प्रर्दशनले खासै फरक नपार्ने बताउछन् । ‘रन बने पनि नबने पनि विगतको कुरालाई सम्झने कुरा हुँदैन । मैले कति शतक हाने भन्दा पनि खेलमा त्यो दिन कसरी राम्रो गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । जित्नको लागि विगतको शतक सम्झेर हुँदैन खेलमा रन हान्नुपर्छ’, ज्ञानेन्द्रले भने ।

सन् २०२३ को विश्वकप पुग्ने बाटोको रुपमा रहेको प्रतियोगितामा नेपाल पहिलो खेल खेल्दैछ । कप्तान ज्ञानेन्द्रले समग्रमा शीर्ष २ मा रहने नेपालको लक्ष्य रहेको बताए । ‘विश्वकप लिग-२ मा नेपालको लक्ष्य शीर्ष दुईमा अन्त्य गर्ने हो । घरेलु मैदानमा राम्रो खेल्दैमा शीर्ष दुईमा अन्त्य गर्न सकिदैन। अवे खेलमा पनि राम्रो गर्न सक्नुपर्छ’, ज्ञानेन्द्रले भने ।

पहिलो दिनको प्रशिक्षणको फोटोफिचर यहाँ

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.