5 years ago
January 26, 2020
दुई वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले माघको अन्तिम साता हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजबाट घरेलु मैदानमा ओडीआई डेब्यु गर्दैछ । यस्तोमा नेपाली टोलीले पछिल्लो दुई सातायता नियमित प्रशिक्षण गरिरहेको छ ।
शुक्रबारसम्म पोखरामा रहेर प्रशिक्षण गरेको नेपालले १४ सदस्यीय टोली घोषणा गरेपछि टियु मैदानमा नै प्रशिक्षण थालेको छ । अन्तिम टोलीमा यसअघि यू१९ राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक परेका हुन् । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्य टोली घोषणा भएको हो ।
टोलीमा तीव्र गतिका बलर सोमपाल कामी छैनन् । उनी पछिल्लो समय चोटको कारण टोली बाहिर रहँदै आएका छन् । त्यस्तै गत सेप्टेम्बरमा सिंगापुर जिम्बावे त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाली टोलीमा डेब्यू गरेका कुशल मल्लले पनि घरेलु मैदानमा हुने ओडीआई त्रिकोणात्मक सिरिजमा स्थान बनाएका छन् । कुशलले पवन सरार्फको स्थान लिएका हुन् । कमलले सोमपालको स्थान लिएका हुन् ।
तीब्र गतिका बलर अभिनाष बोहरा र स्पिनर सुशन भारीले पनि पहिलो पटक ओडीआई मान्यता खेलमा पहिलो पटक परेका हुन् । यी दुबैले लिस्ट ए खेल खेलिसकेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज माघ २२ देखी २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुँदै छ । ओमान र अमेरिकाले पनि आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन् ।
नेपाली टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
आइतबार पहिलो दिनको प्रशिक्षणका केहि तस्बिरहरु हाम्रोखेलकुदका सुबास हुमागाईंले खिचेका छन् :
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]