5 years ago
January 26, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिजमा भारतले २-० को अग्रता कायम गरेको छ ।
जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा विकेटकिपर लोकेश राहुलले ५० बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा अविजित रहँदै जित पक्का गरे । त्यस्तै श्रेयस ऐरले ३३ बलमा १ चौका र ३ छक्का सहित ४४ रनमा क्याच आउट भए । शिवम दुबे ८ रनमा अविजित रहे ।
पहिलो ओभरको अन्तिम बलमै टिम साउथीले रस टेलरबाट ओपनर रोहित शर्मालाई ८ रनमा क्याच आउट गराएका थिए । साउथीलेनै कप्तान विराट कोहलीलाई छैटौं ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट गराउँदै झिनो जितको आशा देखाएका थिए । तर तेस्रो विकेटका लागि राहुल र ऐरले ८६ रनको साझेदारी गर्दै जित पक्का गरे । न्युजिल्यान्डका टिम साउथी २ र ईश सोधीले १ विकेट लिए ।
त्यसअघि इडेन पार्कमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन मात्रै बनाउन सकेको थियो । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरोले ६ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यगति र तल्लोक्रममा रन जोड्न नसक्दा सस्तैमा समेटिएको हो ।
छैटौं ओभरको अन्तिम बलमा शार्दुल ठाकुरले विराट कोहलीबाट क्याच गराउनु अघि गुप्टिलले २० बलमा ४ चौका र २ छक्का सहित ३३ रन जोडे । कोलिन मुनरोलाई शिवम दुबेले कोहलीबाटनै २६ रनमा क्याच आउट गराए । स्पिनर रविन्द्र जडेजाले कप्तान केन विलियम्सनलाई १३ र कोलिन डी ग्रान्डहोमलाई ३ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो ।
विकेटकिपर टिम सेफर्ट २६ बलमा १ चौका र २ छक्का सहित ३३ रनमा अविजित रहे । रस टेलरले २४ बलमा १८ रन जोडे । भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, शिवम दुबे र जस्प्रित बुमराहको नाममा १-१ विकेट रह्यो । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]