default_image

5 years ago

January 26, 2020

यू१९ विश्वकप: क्वाटरफाइनल समिकरण पूरा

76 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ ।

दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह  ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ । विश्व विजेता इंग्ल्यान्डको यू१९ टोली भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड यू१९ टोली वेस्ट इन्डिज र अस्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको हो । इंग्ल्यान्डले शनिबार पहिलो पटक विश्वकप खेलेको नाइजेरियालाई ८ विकेटले हराएको थियो । शनिबार भएको ग्रुप ‘ए ‘को खेलमा श्रीलंकाले पहिलो पटक विश्वकप खेलेको जापनलाई ९ विकेटले पराजित गर्यो ।

जापानले प्रस्तुत गरेको ४४ रनको सामान्य लक्ष्य श्रीलंकाले ८.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको थियो । समुह ‘सी’ को खेलमा शनिबार जिम्बावेले स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्यो । समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले यूएईलाई डकवर्थ लेविस पद्धतीको आधारमा २३ रनले हराउँदै दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.