default_image

5 years ago

January 26, 2020

बिग ब्यास छोडेर सन्दीप नेपाल फर्कंदै

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग छाडेर आज नेपाल फर्किदै छन् । माघ २२ देखि २९ गते सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् ।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगेको थियो । जारि विग ब्यासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन् । यो सँगै सन्दीपको टि ट्वान्टी क्रिकेटमा आफ्नो विकेट सङ्ख्या ९९ पुगेको छ । सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका प्रशिक्षक डेविड हस्सीले केहि निराशा व्यक्त गरेका छन् ।

‘सन्दीपले नेपाल फर्कनुपर्ने बताउँदा म पक्कैपनि खुसी थिइन । उनी हाम्रो टोलीका महत्त्वपूर्ण खेलाडी हुन् र एक राम्रो व्यक्ति पनि । उनी हाम्रो उपाधि योजनाका मुख्य खेलाडी पनि थिए,’ हस्सीले क्रिकेट डट कम डट एयुलाई उदृत गर्दै भने, ‘ तर जब राष्ट्रिय टोलीबाट खेल्ने अवसर आउँछ, यसलाई खुसीसाथ लिनुपर्छ । केहिबेर उनको अनुपस्थितिलाई लिएर दुख लाग्छ तर अन्त्यमा उनी राष्ट्रका लागि खेल्दैछन् । हामी खुसी हुनुपर्छ ।’

‘ सन्दीपले पछिल्लो दुई वर्ष हामीसँग रहेर निकै राम्रो प्रदर्शन गरेका छन् । उनको राष्ट्रिय टोलीका खेल भएकाले हामीले उनलाई फाइनलमा गुमाउनेछौं । राष्ट्रिय टोलीबाट खेल्न पाउनु विशेष हुन्छ र हामी उनलाई शुभकामना दिन चाहन्छौं,’ हस्सीले थपे ।

सन्दीप नेपाल फर्किदा मेलबर्न थप समस्यामा पर्ने छ । उत्कृष्ट सुरुवात गरेको मेलबर्न स्टार्सको अन्त्य भने कमजोर हुन सक्ने अनुमान गरिएको छ । सन्दीपसँगै तीव्र गतिका बलर हरिस रउफ बंगलादेशसँगको टि ट्वान्टीको लागि पाकिस्तान फर्किसकेका छन् । रउफलाई अब हुने टेस्ट टोलीमा बोलाइएको खण्डमा उनले पनि अन्तिम चरण गुमाउनेछन् ।

रउफ फ्रेबुअरी ७ देखि बंगलादेशसँग हुने पहिलो टेष्टको लागि टोलीमा बोलाउने सम्भावना छ । त्यस्तै डेल स्टेन पनि इंग्ल्यान्डसँग हुने तीन टि ट्वान्टीको लागि दक्षिण अफ्रिका फर्किएका छन् । सन्दीप सोमबार बिहान सम्म नेपाल आईपुग्नेछन् ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.