5 years ago
January 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले सिंगापुर त्रिकोणात्मक टि ट्वान्टी सिरिजको गल्ती ओमान र अमेरिकासँगको ओडीआई सिरिजमा नगर्दै अन्तिम अवसर सम्झेर खेल्ने बताएका छन् ।
ओमान र अमेरिकासँग कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि शुक्रबार घोषित १४ सदस्य टोलीमा अटाएका कुशल एक दिवसिय (ओडीआई) मा पहिलो पटक मौका पाएका हुन् । यू-१९ का प्रमुख अलराउन्डर समेत रहेका कुशलले पहिलो पटक ओडीआई टोलीमा परेपछि हाम्रो खेलकुदसँग यस्तो बताएका हुन् ।
‘टोलीमा पुनरागमन गर्दा खुसी लागेको छ । सिंगापुरमा डेब्यू गरेपनि आफ्नो क्षमता अनुसारको प्रर्दशन गर्न सकिन । त्यसबेला मैले सट छनोटमा केहि गल्ती गरे जस्तो लाग्छ । अब त्यो गल्ती ओडीआई सिरिजमा दोहोरिने छैन’, उनले भने ।
घरेलु मैदानमा खेल्न पाउँदा थप खुसी लागेको उनले बताए । ‘घरेलु मैदानमा खेल्दा रमाईलो हुन्छ । समर्थक हेर्दा अझ खुसी लाग्छ । इपिएलमा बाक्लो समर्थक सामु खेलिसकेको छु, त्यसैले कुनै दबाब छैन, ‘उनले थपे ।
दुई साता अघि सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीबाट खेल्दै कुशल उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । जसक्रममा कुशलले एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका सहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । उक्त प्रर्दशनले आत्माविश्वास अझ बढेको बताउँछन् ।
‘खेल सधैं र सबै महत्वपूर्ण हुन्छन् । म जिम्मेवार भएर खेल्नुपर्छ । टोलीमा स्थान बनाइराख्ने हो भने प्रर्दशन गरिराख्न सक्नुपर्छ । खेल्ने क्रिकेटनै हो, टि ट्वान्टी होस् वा ओडीआई । रन बनाउन र विकेट लिन सक्नुपर्यो । देश र टोलीका लागि खेल्ने हो । जुन भुमिका दिएपनि निभाउन तयार छु’, उनले भने ।
कुशलले आफ्नो लागि यो अन्तिम अवसर सम्झेर खेल्ने बताउछन् । गत सेप्टेम्बरमा सिंगापुर र जिम्बावेसँगको त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत जिम्बावेसँग डेब्यू गर्दै कुशल २ रनमा आउट भएका थिए। जिम्बावेसँगको दोस्रो खेलमा कुशल ५ रनमा आउट भए । ओमानमा पाँच टोली सम्मिलित टि ट्वान्टी सिरिजमा टोलीमा रहेपनि मौका पाएनन् ।
कुशल बंगलादेशमा भएको इमर्जिङ एक दिवसिय कप र घरेलु मैदानमा भएको १३ औं सागमा टोली बाहिर रहे । पछिल्लो सयम घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गरेका कुशलले अलराउन्डर पवन सरार्फको स्थान लिएका हुन् ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]