default_image

5 years ago

January 25, 2020

‘भारत पाकिस्तानमा नआए विश्वकप बहिस्कार गर्छौं’ – पीसीबी

118 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सेप्टेम्बरमा पाकिस्तानमा हुने टि ट्वान्टी एसिया कप प्रतियोगिता खेल्न भारत नआए आफु सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न नजाने बताएको छ । पीसीबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वासिम खानले शनिबार  पत्रकार सम्मेलनमा यस्तो प्रतिकृया दिएका हुन् ।

‘भारतीय टोली एसिया कपको लागि यदी पाकिस्तान आउदैन भने हामी पनि २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न जादैनौं’, वासिमले भने । पाकिस्तान क्रिकेट बोर्डले एसिया कप आफुलेनै गर्ने जनाएको छ । पाकिस्तानले नगर्ने भए बंगलादेशले आफु गर्न तयार रहेको बताएको थियो । तर पाकिस्तानले एसियन क्रिकेट काउन्सिलले आफुलाई गर्न अधिकार दिएको हुँदा आफुलेनै गरेरै छाड्ने बताएको छ ।

पिसिबिले भारतसँगको चिसो सम्बन्धको कारण एसिया कप युएई र पाकिस्तान दुई ठाउँमा गर्न सक्ने जनाएको छ । पाकिस्तानले सन् २००९ मा श्रीलंका खेलाडी चडेको बसमा बम आक्रामक भएदेखि यूएईलाई घरेलु मैदान बनाउदै आएको थियो । राजनितीक बिग्रिदो सम्बन्धको कारण भारत र पाकिस्तानले सन् २००७ देखी होम अवे सिरिज खेलेका छैनन् ।

धेरैले सेप्टेम्बरमा सुरक्षाको कारण भारत पाकिस्तान नजान सक्ने बताउदै आएका छन् । नेपाललाई पनि एसिया कप खेल्ने अवसर छ । फागुनमा थाईल्यान्डमा हुने इस्टर्न रिजनमा नेपाल सहित भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डबीच प्रतिस्पर्धा हुने छ । शीर्ष दुई टोली एसिया टि ट्वान्टी क्वालिफयारमा पुग्ने छन् ।

अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयारमा विजेता बन्न सके नेपालले एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ । सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि आईसीसीले टि ट्वान्टी वरियतामा १२ औं स्थानमा रहेको हुँदा नेपाललाई सिधैं ग्लोबल छनोटमा मौका दिएको छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.