5 years ago
January 25, 2020
एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बंगलादेशलाई दोस्रो टि ट्वान्टी खेलमा ९ विकेटले पराजित गर्दै एक खेल अगावै टि ट्वान्टी सिरिज २-० ले जितेको छ ।
बंगलादेशले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको सहज जितमा कप्तान बाबर आजम ४४ बलमा ७ चौका र १ छक्का सहित ६६ रनमा अविजित रहँदै म्यान अफ द म्याच चुनिए । त्यस्तै मोहम्मद हफिज ४९ बलमा ९ चौका र १ छक्का सहित ६७ रनमा अविजित रहे । ओपनर आशन अली शून्यमा आउट भए । बाबर र हफिजले दोस्रो विकेटका लागि १ सय ३१ रनको शतकीय अविजित साझेदारी गर्दै सहज जित पक्का गरे ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । बंगलादेशका ओपनर तमिम इकवालले ५३ बलमा ७ चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । अफिफ हुसैन २० बलमा १ चौका र १ छक्का सहित २१ रनको योगदान दिए । कप्तान महमुदुल्ला १२, सौम्य सरकार ५ र लिटन दासले ८ रन जोडे । पाकिस्तानका युवा खेलाडी मोहम्मद हसनैनले २, हरिस रउफ शाहिन अफ्रिदी र सादब खानले १-१ विकेट लिए ।
पहिलो टि ट्वान्टी खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]