default_image

5 years ago

January 24, 2020

मलिकको अर्ध शतकमा पाकिस्तान विजयी

73 views

0 Bookmark

एजेन्सी – पुर्व कप्तान शोएब मलिकको अविजित अर्ध शतकमा बंगलादेशसँगको पहिलो टि ट्वान्टी खेलमा घरेलु टोली पाकिस्तान ५ विकेटले विजयी भएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
पाकिस्तानको जितमा शोएब मलिकले ४५ बलमा ५ चौका सहित ५८ रनमा अविजित रहे । यसै खेल खेलबाट टि ट्वान्टीमा डेब्यू गरेका ओपनर आशन अलीले ३२ बलमा ४ चौका प्रहार गर्दै ३६, मोहम्मद हफिज १७ र इफ्तिखर अहमदले १६ रनको योगदान दिए । कप्तान बाबर आजम शून्यमा आउट भए । बाबर पहिलो पटक टि ट्वान्टी क्रिकेटमा शून्यमा आउट हुन पुगेका हुन् ।
बंगलादेशका शफिउल इस्लामले २, मुस्ताफिजुर रहमान, अल अमिन हुसैन र अमिनुल इस्लामले १-१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । ओपनर मोहम्मद नइमले ४१ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए ।
तमिम इकवाल ३९, लिटन कुमार दास १२ र कप्तान महमुदुल्लाहले १९ रनको योगदान दिए । पाकिस्तानका यसै खेलबाट डेब्यू गरेका तीब्र गतिका बलर हरिस रउफ, शाहिन शाह अफ्रिदी र स्पिनर सादव खानले १-१ विकेट लिए । तीन टि ट्वान्टी सिरिजमा दोस्रो खेल शनिबार र तेस्रो सोमबार हुने छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.