5 years ago
January 24, 2020
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतले घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित निकालेको छ ।
न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४ रनको विशाल लक्ष्य भारतले १९ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । युवा ब्याट्सम्यान श्रेयस ऐरले २९ बलमा ५ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहँदै भारतको जित पक्का गरे । ओपनर रोहित शर्मालाई ७ रनमा गुमाएको भारतले कप्तान विराट कोहली र लोकेश राहुलले दोस्रो विकेटका लागि ९९ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरे ।
ईश सोधीले टिम साउथीबाट क्याच गराउनु अघि राहुलले २७ बलमा ४ चौका र ३ छक्का सहित ५६ रन जोडे । त्यस्तै कप्तान विराट कोहलीले ३२ बलमा ३ चौका र १ छक्का सहित ४५ रनमा क्याच आउट भए । शिवम दुबे १३ रनमा आउट हुँदा मनिष पाण्डे १४ रनमा नट आउट रहे । न्युजिल्यान्डका स्पिनर इश सोधीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । ब्लेयर टिकर र मिचेल सान्टनारले १-१ विकेट लिए ।
त्यसअघि इडेन पार्कमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । कप्तान केन विलियम्सनले २६ बलमा ४ चौका र ४ छक्का सहित आक्रमक ५१ रनको इनिङ खेले । विलियम्सन १७ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहललाई ठूलो सट खेल्नेक्रममा कप्तान विराट कोहलीबाट क्याच आउट भए ।
अनुभवी ब्याट्सम्यान रस टेलर २७ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे । विलियम्सन र टेलरले चौथो विकेटका लागि २७ बलमा ६१ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । ओपनर कोलिन मुनरो र मार्टिन गुप्टिलले ७।५ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । गुप्टिललाई शिवम दुबेले रोहित शर्माबाट ३० रनमा क्याच गराए । गुप्टिलले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कोलिन मुनरो ५९ रनमा क्याच आउट भए ।
१२ औं ओभरको पाँचौ बलमा शार्दुल ठाकुरले युजभेन्द्र चहलबाट क्याच गराउनु अघि मुनरोले ४२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अलराउन्डर कोलिन डी ग्रान्डहोमले खाता खोल्न सकेनन् । भारतका जस्प्रित बुमराह, शार्दुल ठाकुर, रविन्द्र जडेजा, शिवम दुबे र युजभेन्द्र चहलले १-१ विकेट लिए । दोस्रो खेल आइतबार हुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]