5 years ago
January 24, 2020
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले भारतलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ ।
इडेन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनायो । घरेलु टोलीलाई विशाल योगफलमा पुर्याउन कप्तान केन विलियम्सनले २६ बलमा ४ चौका र ४ छक्का सहित आक्रमक ५१ रनको इनिङ खेले । विलियम्सन १७ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहललाई ठूलो सट खेल्नेक्रममा कप्तान विराट कोहलीबाट क्याच आउट भए ।
अनुभवी ब्याट्सम्यान रस टेलर २७ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे । विलियम्सन र टेलरले चौथो विकेटका लागि २७ बलमा ६१ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्याए ।
न्युजिल्यान्डलाई ओपनर कोलिन मुनरो र मार्टिन गुप्टिलले ७.५ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । गुप्टिललाई शिवम दुबेले रोहित शर्माबाट ३० रनमा क्याच गराए । गुप्टिलले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कोलिन मुनरो ५९ रनमा क्याच आउट भए ।
१२ औं ओभरको पाँचौ बलमा शार्दुल ठाकुरले युजभेन्द्र चहलबाट क्याच गराउनु अघि मुनरोले ४२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अलराउन्डर कोलिन डी ग्रान्डहोमले खाता खोल्न सकेनन् । भारतका जस्प्रित बुमराह, शार्दुल ठाकुर, रविन्द्र जडेजा, शिवम दुबे र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]