default_image

5 years ago

January 23, 2020

चितवन प्रिमियर लिग अर्को साता सुरु हुने

97 views

0 Bookmark

विनोदबाबु रिजाल,भरतपुर

सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा लीग हुन लागेको हो । नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीलाई थप मौका प्रदान गर्ने बताए । उनले क्रिकेट विकासकै लागि नारायणी एडभर्टाइजिङसँग सहकार्य गर्दै अघि बढेको बताए ।

यस्तै प्रतियोगिताको सहप्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा.लिका प्रबन्ध निर्देशक यज्ञविलास (वाईबी) पौडेलले यस प्रतियोगिताले चितवनमा क्रिकेटको माहोल विकास गर्ने बताए । प्रतियोगिताको लीग चरणका केही खेलहरु निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमूना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता छ । जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती ¥यापिड्स रहेका छन् । भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने र राप्तीको मार्की प्लेयरमा आकाश थापा छन् ।

यस प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दी सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ ।

यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लीग एभरेष्ट प्रिमियर लीग (ईपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.