5 years ago
January 23, 2020
एजेन्सी – पाकिस्तानसँगको तीन टि ट्वान्टी, दुई टेष्ट र एक ओडीआई सिरिज लागि बंगलादेशको क्रिकेट टोली पाकिस्तान पुगेको छ । बंगलादेश बुधबार राती पाकिस्तानको लाहोर पुगेको थियो । १२ वर्षपछि पाकिस्तान पुगेको बंगलादेशको टोलीलाई कडा सुरक्षा दिएको छ ।
बंगलादेश टोली बसेको होटल, सडक र मैदानमा कडा सुरक्षा दिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । सन् २००९ को घटना नदोहोरिन बंगलादेशलाई पाकिस्तानले १० हजार प्रहरी खटाउँदै सुरक्षा दिएको छ ।
सन् २००९ मार्च ३ मा गद्दाफी स्टेडियम लाहोरमा जार्दै गरेको श्रीलंका क्रिकेट खेलाडी चडेको बसमा बाटोमा आक्रमण भएको थियो । उक्त घटनामा ६ सुरक्षा कर्मी, दुई नागरिकको मृत्यू हुँदा ७ श्रीलंकन खेलाडी घाइते भएका थिए ।
श्रीलंका तत्कालिन कप्तान महेला जयवर्धने, उपकप्तान कुमार संगाकारा, चामिन्डा भास, थिलन समरवीरा, थरंगा परानविताना, सुरंगा लकमल र अजन्ता मेन्डिस घाइते भएका थिए । उक्त दुर्घटनापछि लामो समय सम्म पाकिस्तानमा क्रिकेट प्रतियोगिता हुन सकेन ।
पाकिस्तानले यूएईमा आफ्नो घरेलु मैदान बनाउन पुग्यो । उक्त घटनाको ६ वर्षपछि पहिलो पटक पाकिस्तानले सन् २०१५ मा जिम्बावेसँग दुई टि ट्वान्टी र तीन ओडीआई सिरिज खेलेको थियो । पाकिस्तानमा अझैं पनि भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड लगायतका ठुला टोली सुरक्षाको कारण देखाउँदै जान अस्वीकार गर्दै आएका छन् ।
पछिल्लो समय पाकिस्तानले श्रीलकासँग डिसेम्बरमा दुई टेष्ट सिरिज खेलेको थियो । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशको टि ट्वान्टी टोलीको कप्तानी अलराउन्डर महमुदुल्लाहले गर्ने छन् । पहिलो टि ट्वान्टी खेल शुक्रबार, दास्रो शनिवार र तेस्रो सोमबार हुने छ । त्यसपछि बंगलादेश स्वेदश फर्किने छ ।
फ्रेबुअरी पहिलो साता पहिलो टेष्टको लागि पाकिस्तान जाने छ । उक्त टेष्ट पछि बंगलादेश पुनःस्वदेश फर्किने छ । अप्रिलमा एक ओडीआई र टेष्टको लागि बंगलादेशको टोली पाकिस्तान जाने छ ।
बंगलादेशको टि ट्वान्टी टोली : महमुदुल्लाह (कप्तान), तामिम इकवाल, सौम्य सरकार, नईम शेख, नज्मुल हुसैन सान्टो, लिटन कुमार दाश, मोहम्मद मिथुन, अफिम हुसैन, महेदी हसन, अमिनुल इस्लाम विप्लब, मुस्ताफिजुर रहमान, शफिउल इस्लाम, अल अमिन हुसैन, रुबेल हुसेन, हसन महम्मद ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]