default_image

5 years ago

January 23, 2020

रोहितको उत्कृष्ट ब्याटिङमा मलेसिया-११ माथि सहज जित

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले मलेसिया छनोट-११ लाई तेस्रो एक दिवसिय अभ्यास खेलमा ५ विकेटले पराजित गरेको छ ।

मलेसिया छनोट ११ ले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य क्यानले २३.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । क्यानको सहज जितमा रोहित कुमार पौडेलले ७० बलमा ८ चौका र ४ छक्का सहित ८१ रनको योगदान दिए । रोहितलाई २३ औं ओभरको पाँचौ बलमा अनवार रहमानले एलबीडब्लू आउट गरेका थिए । ओपनर सुनिल धमला ५ रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।

कप्तान दीपेन्द्र सिंह ऐरीले २४ बलमा ५ चौका र १ छक्का सहित २८ रन जोडे । लोकेश बमले २७ बलमा समान २ चौका र छक्का सहित २६, विनोद भण्डारी ५ र कुशल मल्ल १ रन जोडे । मलेसिया ११ का विजय उन्नीले २, देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले १-१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको मलेसिया छनोट   ४३.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । मलेसिया-११ का ओपनर भुषण सेभले सर्वाधिक ३० रनको योगदान दिए । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

शार्विन मुनियन्डी २२, कप्तान अहमद फैज शून्य, विरनदीप सिंह ९, ऐनूल हकीम ५, सैद अजिज १५, मोहम्मद आरिफ १७ र देवेन्द्र मोगनले २८ रनको योगदान दिए । देबेन्द्र मोगनले ४० बलमा समान २ चौका र छक्का प्रहार गरे ।

क्यान ११ का लागि तीब्र गतिका बलर अभिनाष बोहराले ९ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ९.४ ओभरमा ३० रन खर्चिदै २ विकेट लिए । किशोर महतो र कमल सिंह ऐरीले १(१ विकेट लिए ।

पहिलो अभ्यास खेलमा क्यान-११ ले मलेसिया-११ लाई १ सय ३५ र दोस्रो खेलमा १ सय ७० रनको फराकिलो अन्तरले हराएको थियो । मलेसिया-११ लाई क्यानले ओमान र अमेरिकासँग माघ २२ देखी २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने एक दिवसिय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसिय अभ्यास खेलको ब्यवस्था मिलाएको हो । मलेसिया ११ टोली मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्न नेपाल आएको थियो ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.