5 years ago
January 22, 2020
एजेन्सी – ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्यी टोलीको बुधबार घोषणा गरेको छ ।
माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि जिशान मकसूदको कप्तानीमा टोली घोषणा गरिएको हो ।
डिसेम्बरमा यूएई र नामिबियासँगको त्रिकोणात्मक सिरिज खेलेको टोलीलाई नै ओमानले निरन्तरता दिएको छ । नेपाली टोलीले भने २४ खेलाडी समावेश गर्दे पोखरामा बीच बन्द प्रशिक्षण गरि रहेको छ ।
नेपालले पनि केहि दिनमै आफ्नो अन्तिम १४ सदस्यीय टोली घोषणा गर्ने बताइएको छ । अमेरिकाले पनि यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरि सकेको छ ।
ओमान आईसीसी विश्वकप लिग २ मा चौथो स्थानमा छ । ओमान ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । २ खेलमा भने वर्षाका कारण नतिजा विहिन भएको थियो । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ ।
८ खेलमा ४ मा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ । ८ खेलमा ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ । ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै पुछारमा छ । नेपालले कुनै खेल खेलेको छैन ।
त्रिकोणात्मक सिरिजको लागि ओमानको टोली – जीशान मकसूद (कप्तान), अकीब इलियास (उपकप्तान), जितेन्द्रर सिंह, खवर अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]