default_image

5 years ago

January 21, 2020

भारत र बंगलादेशको सहज जित, रकिबुलको ह्याट्रिक

136 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गत मंगलबारको खेलमा भारत र बंगलादेशले सहज जित निकालेका छन् ।

समुह ए को पहिलो खेलमा भारतले जापानलाई १० विकेटले हरायो । जापानले प्रस्तुत गरेको ४२ रनको सामान्य लक्ष्य भारतले ४.५ ओभरमा पुरा गर्यो । ओपनर कुमार कुशग्रा १३ र यशस्वी जैसवाल २९ रनमा अविजित रहे । जैसावालले १८ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

पहिलो पटक यू-१९ विश्वकप खेलि रहेको जापानले टस हारेर ब्याटिङ गर्दै २२.५ ओभरमा ४१ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । भारतीय बलिङ सामु जापानका पाँच खेलाडीले खातै खोल्न सकेनन् । भारतका रवि बिश्नोईले ४, कात्र्तिक त्यागि ३ र आकश सिंहले २ विकेट लिए । पहिलो खेलमा भारतले श्रीलंकालाई ९० रनले हराएको थियो । जापानले पहिलो खेलमा न्युजिल्यान्डसँगको वर्षाको कारण १-१ अंक बाडेको थियो ।

समुह सी को खेलमा बंगलादेशले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्यो । ९० रनको सामान्य लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । हसन जोय ३५ र तौहीद हिरदोय १७ रनमा अविजित रहे । परवेज हुसैन एमोन २५ र समिम हसैनले १० रन जोडे । स्कटल्यान्डका सीन फिशरले ३ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको स्कटल्यान्ड ३०.३ ओभरमा ८९ रनमा अल आउट भयो। उसका सैद शाहले २८ र जेमी केर्न्सले १७ रन जोडे । स्कटल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । बंगलादेशका रकीबुल हसनले ५.३ ओभरमा २० रन खर्चेर ह्याटि्रक सहित ४ विकेट लिए । रकीबुलले २४ औं ओभरको तेस्रो बलमा केस सज्जाद, चौथो लाइल रोबर्टसन र पाँचौ बलमा चार्ली पीटलाई आउट गर्दै ह्याटि्रक पुरा गरेका थिए ।

स्कटल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

अस्ट्रेलियालाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल‌ र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ […]

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

Success

Thank you for your time.