5 years ago
January 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले दोस्रो एक दिवसिय अभ्यास खेलमा मलेसिया छनोट-११ लाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
क्यान-११ ले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८.४ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटियो । उसका ओपनर भुषण सेभले २४, विरनदीप सिंहले २३, सैद अजिजले २८ र अहमद फैजले १९ रन जोड्न बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर किशोर महतोले ७.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । सुशन भारीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कमल सिंह ऐरी र पवन सरार्फको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले ५४ बलमा ४ चौका र २ छक्का सहित ५७ रनमा रिटायर्ट आउट भए । १२ औं ओभरको पहिलो बलमा सुनिल धमला ३३ बलमा २ चौका र १ छक्का सहित २४ रनमा क्याच आउट भए । ओपनर सुवास खकुरेलले ७७ बलमा ४ चौका सहित ४८ रनमा बोल्ड आउट भए । सुवासलाई अनवार रहमानले बोल्ड आउट गरेका थिए ।
कप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा रिटायर्ड आउट भए । लोकेश बम २८ बलमा ४ चौका र २ छक्का सहित ३४ रनमा क्याच आउट हुन पुगे । विनोद भण्डारी २१ , पवन सरार्फले १२ र सुसन भारीले १६ रन जोडे । मलेसिया ११ का अनवार रहमान र नाजरिल रहमानले २-२ विकेट लिए । मोहम्मद आरिफ र शब्रिनको नाममा १-१ विकेट रह्यो ।
पहिलो अभ्यास खेलमा क्यान-११ ले मलेसिया-११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो । मलेसिया ११ सँग थप एक अभ्यास खेल्ने छ । मलेसिया-११ लाई क्यानले ओमान र अमेरिकासँग माघ २२ देखी २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने एक दिवसिय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसिय अभ्यास खेलको ब्यवस्था मिलाएको हो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]